पीस म्याराथनको उपाधि नेपाल प्रहरीका राईलाई

८ मंसिर २०७५, शनिबार १३:१०
 

सदरलाइनडटकम   
नेपालगञ्ज  : नेपालगञ्जमा शनिबार आयोजना गरिएको नेपालगञ्ज पीस म्याराथनको उपाधि नेपाल प्रहरीका भुमिराज राईले चुम्न सफल भएका छन् । यो चौथो श्रृंखला हो । सो प्रतियोगितामा उनले सो उपाधिको लागि निर्धारित ४२ दशमलभ १९५ किलोमिटरको दुरी २ घन्टा ३२ मिनेट ३० सेकेन्डमा पार गर्दै नगद ६० हजारसहित ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।
त्यसैगरी दोस्रो र तेस्रो स्थानमा सशस्त्र प्रहरीका क्रमश खिमबहादुर खत्रीले ३० हजार र गणेशसिंह ठकुरीले २० हजार प्राप्त गरेका थिए । सोही प्रतियोगिता अन्तरगत कै महिला हाफ म्याराथनमा सशस्त्र प्रहरी एपिएफ क्लवको बचश्र्व रहेको छ । प्रथम द्वितिय र तृतिय स्थानमा सशस्त्र प्रहरीले कब्जा जमायो ।
प्रथम स्थानमा कान्छीमाया कोजीले ३० हजार हात पारिन, दोस्रो स्थानमा सशस्त्रकै बृन्दा श्रेष्ठले २० हजार र सशस्त्रकी कृष्णाश्वरी सिन्तकलाले निर्धारित २१ किलोमिटरको दुरी पार गर्दै तेस्रो हुदै १० हजार हात पारेकी थिईन ।
यसैगरी ५ किलोमिटर दौडमा छात्रातर्फ कालिकोटकी मंगला बुढा पहिलो, दाङका अनिशा चौधरी दोस्रो र दाङकै सुमित्रा चौधरी तेस्रो भएका थिए ।
छात्रतर्फ जुम्लाका नरेश बुढा पहिलो, बर्दियाका माधव चौधरी दोस्रो र कालिकोटका सन्तोषनाथ योगी तेस्रो हुन सफल भएका छन् । यी दुई विधामा शीर्ष चारजनालाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद प्रदान गरिएको छ । क्रियटिभ्स ह्यान्ड्सको आयोजनामा भएको नेपालगन्ज म्याराथनको विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाले पुरस्कार वितरण गरेका थिए ।
दश बर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेलाई स्मरण गर्दै नेपालगन्ज म्याराथन आयोजना गरिदै आइएको छ । यो चौथो संस्करण हो ।
सोहि अवसरमा बाँके जिल्ला तथा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जमा कार्यरत प्रशिक्षक र कर्मचारीले गिनीज बुकमा नाम लेखाउन सफल किर्तिमानी धावक हरिबहादुर रोकायलाई आर्थिक सहयोग गरेका छन् ।
क्षेत्रीय निर्देशक जयन्त शर्माले किर्तिमानी धावक रोकायको उपचारमा सहयोग पुगोस भन्ने हेतुले समितिका प्रशिक्षक र कर्मचारीबाट संकलित २० हजार रकम हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

Next Post

जंगली हात्तीको आतंकले कञ्चनपुरको जनजीवन प्रभावित

८ मंसिर २०७५, शनिबार १३:१०
सदरलाइनडटकम, कञ्चनपुर : जंगली हात्तीको आतंकले कञ्चनपुरको लालझाडी गाउँपालिका ४ सिकलपट्टी डाङाजाईमा जनजीवन प्रभावित भएको छ । साँझ नपर्दै हात्ती उखु खेतमा आउन थालेपछि स्थानीय बासिन्दाले हात्ती भगाउन पालो मिलाएर रातमा जाग्राम बस्दै आएका छन् । साँझ पर्न थालेपछि स्थानीय बासिन्दा हात्तीको डरले गाउँ घरमा हिँडनसमेत छाडेका छन् । तीन दिनको […]