बाँकेमा आईतबार ४६ जना कोरोना मुक्त भएर घर फर्कदै

७ भाद्र २०७७, आईतवार ०७:३२
 

नेपालगञ्ज : बाँकेमा आइतबार (आज) ४६ जनाले कोरोना संक्रमण मुक्त भएर घर फर्कने भएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आज (आइतबार) वडा प्रहरी कार्यालय नेपालगञ्जका ४१ जना, नेपालगञ्ज उपमहानगरका ४ जना र कोहलपुरका १ जना गरि ४६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कदैं छन ।

आइतबारसम्म बाहिरी जिल्लाका समेत ८ सय २१ जनालाई कोरोना संक्रमण देखिएकोमा ६ सय १४ जना संक्रमण मुक्त भई डिस्चार्ज भईसकेका छन ।


कोरोना फोकलपर्शन श्रेष्ठले बाँकेका बिभिन्न आईसोलेशन सेन्टरमा अझैं पनि २ सय ३ जनाको उपचार भईरहेको जानकारी दिए । बाँकेमा कोरोना संक्रमणको कारण ४ जनाले ज्यान गुमाएका छन् ।

 

Next Post

भेरी अस्पतालमा कोरोना अस्पताल निर्माणको लागि सहयोग गर्न आव्हान

७ भाद्र २०७७, आईतवार ०७:३२
  नेपालगञ्ज : नेपालगञ्जको भेरी अस्पतालमा कोरोना अस्पताल सञ्चालनमा ल्याउनको लागि पहल सुरु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको पहलमा सुरु गरिएको सो कार्यका लागि सहयोगी मनहरुलाई खुलेर सहयोग गर्न आग्रह गरिएको छ । सो प्रयोजनको लागि भेरी अस्पताल विकास समितिको नाममा रहेका राष्ट्रिय बाणिज्य बैंकको खाता नं.४१३०२०७०००७०१ […]

सम्बन्धित