ब्राउन सुगरसहित तीन पक्राउ, २५ थान बेवारिसे मोबाइल बरामद

५ भाद्र २०७७, शुक्रबार १७:२०
 

नेपालगञ्ज : ठूलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित बाँकेमा ३ जना पक्राउ परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ सुनारमण्डी बस्ने ४६ वर्षीय साविर अली सिद्दिकी, भट्टी टोल बस्ने ३० वर्षीय सोनु खान र इन्तियाज शेष ५ ग्राम ३ सय मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई शुक्रवार ५४ वटा पुडियामा राखेको उक्त लागुऔषधसहित पक्राउ गरेको बाँके प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खडकाले जानकारी दिए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


यस्तै भन्सार छली भारतबाट ल्याइएको विभिन्न कम्पनीका २५ थान मोवाइल सेट बाँके प्रहरीले बरामद गरेको छ ।

नेपालगञ्जको धम्बोझी चोकमा बेवारिसे अवस्थामा फेला परेको करीब ५ लाख ५ हजार मूल्य बराबरको उक्त मोवाइल सेट आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक खडकाले जानकारी दिए ।

Next Post

बाँकेमा शनिबार २१ जना कोरोना मुक्त भएर घर फर्के

५ भाद्र २०७७, शुक्रबार १७:२०
  नेपालगञ्ज  :  बाँकेमा भादौ ६ गते शनिबार एक उपसचिवसहित २१ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्ला समन्वय समितिका उपसचिवसहित २१ जना साउन २४ गते संक्रमित भएका उनीहरु संक्रमण जितेर घर फर्केका हुन । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले विभिन्न आइसोलेसन सेन्टरमा बसेका उनीहरु कोरोना […]