सदरलाइनडटकम,
जुम्ला : जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सोमवार राति भे १ त ७३३२ नं.को ट्रयाक्टर दुर्घटना हुँदा पातारासी–४ का ४८ वर्षीय जयबहादुर बुढाको मृत्यु भएको हो ।
जुम्ला सदरमुकाम खलङ्गाबाट पातारासीको लासी बजारसम्म छड र सिमेन्ट लिएर जाँदै गरेको ट्रयाक्टर कोटाभिड नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । ट्रयाक्टरमा चढेका अन्य दुई जना घाइते भएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।
ट्रयाक्टर सडकबाट झण्डै ५० मिटर तल खसेको छ । घाइते ३६ वर्षीय वीरबहादुर बुढा र ३८ वर्षीय धनसुर बुढाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । ट्रयाक्टर चालक यज्ञराज बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Next Post
बाँकेमा १ र बर्दियामा ९ जना भेटिए नयाँ संक्रमित
२ असार २०७७, मंगलवार १२:५५
सम्बन्धित
-
३० भाद्र २०८०, शनिबार १५:०५
बाल क्यान्सरको उपचार सेवा शुरु गरिँदै
-
६ भाद्र २०७८, आईतवार १७:१०
वामदेव गौतम एमालेमै रहेको स्पष्टोक्ति
-
१६ आश्विन २०७८, शनिबार १६:५५
बाँकेमा बाघबाट घेरिएका तीन जनाको सकुशल उद्धार
-
२१ जेष्ठ २०७६, मंगलवार १९:५३
उपमेयरद्वारा गरीब विद्यार्थीलाई सहयोग
-
१० भाद्र २०७५, आईतवार १८:४४
बिद्युतीय अपराधमा सुर्खेतमा एक पक्राउ
-
२१ श्रावण २०८०, आईतवार १५:५५
महासंघको धाकधम्कीप्रति प्रेस चौतारी बाँकेको ध्यानाकर्षण