सदरलाइनडटकम,
नेपालगञ्ज : छिमेकी राष्ट्र भारतमा जारी १७औं लोकसभाको चुनावलाई दृष्टिगत गर्दै शनिवारदेखि ४८ घण्टाका लागि नेपाल भारत सीमानाका शील गरिने भएको छ ।
सात चरणमा सम्पन्न हुने आम चुनावअन्तर्गत पाँचौ चरणमा बैशाख २३ गते बहराइच जिल्लामा चुनाव हुने भएको हुँदा उक्त जिल्लासँग जोडिएको नेपाल भारत सीमा शनिवार बेलुका ६ बजेदेखि बैशाख २३ गते बेलुकी ६ बजेसम्मका लागि बन्द गरिने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
लोकसभा चुनावलाई सुरक्षित र मर्यादित बनाउनुका साथै उत्छ«खंल तथा आवांक्षित गतिविधी रोक्नका लागि नेपालगञ्ज–रुपईडिहा सीमानाका ४८ घण्टाका लागि बन्द गरिने भएको हो ।
विरामी, एम्बुलेन्स, दमकल र अत्यावश्यकीय काम परेमा दुबै देशका सुरक्षा निकायसँग समन्वय गरी आवतजावत गर्नसकिने प्रशासनले जनाएको छ । सीमा बन्दका समयमा दशगजामा नजान बाँके प्रशासनले सबैसँग आग्रहसमेत गरेको छ ।
