बाँकेमा शनिबार २१ जना कोरोना मुक्त भएर घर फर्के

६ भाद्र २०७७, शनिबार ०९:१५
 

 

नेपालगञ्ज  :  बाँकेमा भादौ ६ गते शनिबार एक उपसचिवसहित २१ जनाले कोरोना जितेर घर फर्केका छन् ।

जिल्ला समन्वय समितिका उपसचिवसहित २१ जना साउन २४ गते संक्रमित भएका उनीहरु संक्रमण जितेर घर फर्केका हुन ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले विभिन्न आइसोलेसन सेन्टरमा बसेका उनीहरु कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए ।


जिल्लामा शनिबार विहानसम्म ८ सय ७ जना संक्रमित रहेको र यी मध्ये ५ सय ६८ जना डिस्चार्ज भएका छन् । यी मध्ये २ सय ३५ जना सक्रिय संक्रमित भएर आइसोलेसनमा बसिरहेका छन् । कोरोना संक्रमणको कारण ४ जनाले बाँकेमा ज्यान गुमाउनु परेको छ ।

 

 

 

Next Post

महात्मा गाँधीको चस्मा ढाई करोडमा बिक्री

६ भाद्र २०७७, शनिबार ०९:१५
नेपालगञ्ज : भारतीय स्वतन्त्रता संग्रामका नेता महात्मा गान्धीको चस्मा २ करोड ५५ लाख भारुमा बिक्री भएको छ । अमेरिकी कम्पनी ब्रिस्टलले गान्धीको चस्मा यति महंगो रकममा लिलाम गरेको हो । बीबीसी हिन्दीका अनुसार सो चस्मा अमेरिकाको एक संग्रहकर्ताले खरिद गरेका छन् । लिलामी एजेन्सी ब्रिस्टलका अनुसार गान्धीको चस्मा ३ अगस्टमा […]

सम्बन्धित