राष्ट्रकवी घिमिरेको १०१ वर्षको उमेरमा निधन

२ भाद्र २०७७, मंगलवार १९:२३
 

काठमाण्डौं  :  राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । आज साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिवारिक श्रोेतले जनाएको छ । उनको स्वासपश्वासमा समस्या देखिएपछि विगत ४ महिनादेखि अक्सिजन दिएर घरमै उपचार गरिदै आएको थियो ।

केहि समय अस्पतालको उपचारपछि अहिले उनकै इच्छा अनुसार घरमै निगरानीमा राखेर उपचार गरिएको थियो । राष्ट्रकवि घिमिरेको मुटु र नारीको धड्कनमा पनि समस्या समस्या देखिएको थियो । घिमिरे अब आउने असोज महिनामा १०२ वर्ष उमेरको पुग्दै थिए ।


 विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्थे । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख–प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरूमा सिर्जना दिँदै आइरहेका थिए ।

 

 

Next Post

अछाममा बाढीले बगाउँदा ६ को मृत्यु, १७ बेपत्ता

२ भाद्र २०७७, मंगलवार १९:२३
अछाम : अछामको रामारोशन गाउँपालिका ५ स्थित कैलाश खोलामा आएको बाढीले १६ घर बगाएको छ । बाढिमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने १७ जना वेपत्ता भएका छन् । मृतकहरुको सनाखत हुन सकेको छैन । बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ । […]