अपांगता भएका ब्यक्तिहरुलाई सहयोग

२ भाद्र २०७७, मंगलवार १६:३१
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले अपांगता भएका ब्यक्तिहरुलाई विभिन्न सामग्री उपलब्ध गराएको छ । उपमहानगरपालिकाको कार्यालयमा मंगलवार मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्कालगायतले सामग्री वितरण गरे ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दका अनुसार शारीरिक अपांगता भएका ८ जनालाई ट्राईसाईकल र १६ जना दृष्टिविहिनलाई सेतोछडी वितरण गरिएको हो । सो अवसरमा मेयर राणाले अपांगता भएका ब्यक्तिहरुलाई उपमहानगरपालिकाले आगामी दिनमा समेत सक्दो सहयोग गर्ने विश्वास दिलाए ।

Next Post

कोरोना संक्रमितको अन्तिम संस्कार गरियो

२ भाद्र २०७७, मंगलवार १६:३१
नेपालगञ्ज  : बाँकेमा हिजो सोमबार उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५का ६२ वर्षिय पुरुषको अन्तिम संस्कार गरिएको छ । मंगलवार दिउँसो १२ बजे प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङको नेतृत्वको टोलीमा नेपाली सेनाको भैरवप्रसाद गणको टोलीले स्वास्थ्य सुरक्षा सर्तकता अपनाउदै मुस्लिम परम्परा अनुसार नेपालगञ्जको कब्रिस्तानमा अन्तिम […]