आधुनिक थ्रेसर मेसिनतर्फ बाँकेका कृषक आकर्षित

यदुराज मिश्र ४ मंसिर २०८०, सोमबार १४:३९
 

डुडुवा (बाँके) : कृषकहरूको आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षण बढ्दै गएको छ । गाउँघरमा खेतालाले खर्च पनि बढी हुने र काम गर्नेहरूको आभाव हुन थालेपछि बाँकेका किसान आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित हुन थालेका हुन् ।

बाँकेका अधिकांश ठाउँमा अहिले धान पाकेर पनि थन्क्याइसकिएको छ । अहिले किसानले दाइँका लागि थ्रेसर मेसिनको प्रयोग गरेका हुन् । गाउँघरमा पछिल्लो समय जनशक्तिको अभाव भएसँगै बाँकेका किसान थ्रेसर मेसिन तर्फ आकर्षित हुँदै गएका छन् ।

डुडुवा गाउँपालिका वडा नं. ६ भंघोटना गाउँ बस्ने कृषक बंशीलाल मौर्यका अनुसार गाउँमा काम गर्ने मान्छे पाउन मुस्किल रहेको बताए । पाइएका खेतालाको खर्च पनि महँगो छ । उनले भन्नुभयो, “थ्रेसर मेसिनबाट काम गर्दा काम पनि छिटो हुन्छ । पैसा पनि कम पर्छ । त्यसैले खेती थन्क्याउन थ्रेसर मेसिनकै भर पर्ने गरिएको छ ।“


थ्रेसर मेसिन सञ्चालक हिरमिनियाका लल्लन प्रसाद पाण्डेका अनुसार थ्रेसर मेसिनले काम गर्दा पैसा र समयको बचत हुन्छ । प्रति १ क्विन्टल धान थ्रेसरिङ गरेवापत १० किलो धान लिँदै आएको उनको भनाइ छ । बाँकेका किसानहरूमा थ्रेसर मेसिनप्रति निकै नै आकर्षण रहेको पाण्डेले बताए ।

डुडुवा गाउँपालिका वडा नं. ६ बल्दीपुर्वा गाउँका किसान गुरुदीन यादवका अनुसार आधुनिक प्रविधिको विकासले किसानलाई सजिलो बनाए पनि मौलिक दाइँ संस्कृतिलाई पनि जोगाउनु उत्तिकै आवश्यक रहेको बताए ।

त्यस्तै, डुडुवा गाउँपालिका वडा नं. १ खडैचाका कृषक रामगोपाल वर्माले थ्रेसर मेसिनले किसानलाई निकै सहज बनाएको बताए । “गोरु पाइन छाडे, जनशक्ति छैन कामदारको अभाव छ,” उनले भने, “यही बेला मेसिन भित्रियो । सानोखाले भएकाले जताततै लान पनि सजिलो छ ।” उनका अनुसार दिउँसोमात्रै नभई साँझ बिहान घरमै लगेर पनि मेसिनको प्रयोग गर्न सकिने भएपछि किसानलाई थप सुविधा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्लान्ट क्वारेण्टीन यथाशिघ्र सञ्चालन गर्न व्यवसायीहरुको आग्रह

४ मंसिर २०८०, सोमबार १४:३९
धनगढी : धनगढीका व्यवसायीहरुले भारतीय नाका गौरीफन्टासंग जोडिएको त्रिनगर भन्सारमा साउन २८ देखि बन्द रहेको प्लान्ट क्वारेण्टीन यथाशिघ्र सञ्चालन गर्न सरकारसंग आग्रह गरेका छन् । सुदूर पश्चिम प्रदेश सरकारद्धारा आयोजित छलफल कार्यक्रममा बोल्दै बरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवालले त्रिनगर भन्सारमा रहेको प्लान्ट क्वारेण्टीन बन्द हुदा यस क्षेत्रका उद्योगहरु बन्द हुने अवस्थामा […]