कोरोना संक्रमितको अन्तिम संस्कार गरियो

२ भाद्र २०७७, मंगलवार १६:३५
 


नेपालगञ्ज  : बाँकेमा हिजो सोमबार उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५का ६२ वर्षिय पुरुषको अन्तिम संस्कार गरिएको छ ।

मंगलवार दिउँसो १२ बजे प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङको नेतृत्वको टोलीमा नेपाली सेनाको भैरवप्रसाद गणको टोलीले स्वास्थ्य सुरक्षा सर्तकता अपनाउदै मुस्लिम परम्परा अनुसार नेपालगञ्जको कब्रिस्तानमा अन्तिम सलामी दिएर अन्तिम संस्कार गरिएको हो ।

अन्तिम संस्कारका समयमा प्रदेश ५का सभासद मोहम्मद याकुब अन्सारी, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ, भैरवप्रसाद गणका प्रमुख सेनानी नहकुल थापा, नेपाल प्रहरीका प्रमुख ओमबहादुर राना, सशस्त्र प्रहरी ३० नं. गणका अशोक बम लगायतको टोलि सहभागिता रहेको थियो ।

मृतकको भदौ १ गते सोमबार दिउँसो ३ बजे कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । सोमबार राति ११ः४० बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको कोरोना फोकलपर्सन श्रेष्ठले जानकारी दिए । उनको दुबै फोक्सोमा निमोनिया देखिएको थियो ।


गत साउन ३० गते कोरोनाको लक्षण देखिएपछि ३२ साउनमा उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए । उनको ३२ गते नै स्वाब लिएर कोरोना परिक्षणको लागि पठाईएको थियो । यसअघि नरैनापुर गाउँपालिका–५ मा २५ वर्षका युवा, बैजनाथ गाउँपालिका–६ कि ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका–२ की ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको थियो ।

 

Next Post

स्वास्थ्य सुरक्षा नअपनाउने नेपालगञ्जका दुई पसल परे कारवाहीमा

२ भाद्र २०७७, मंगलवार १६:३५
नेपालगञ्ज  : स्वास्थ्य सुरक्षा नअपनाउने नेपालगञ्जका दुई पसल कारवाहीमा परेका छन् । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि जिल्लामा जारी गरिएको निषेधाज्ञा हटाईए लगत्तै सञ्चालनमा आएको बजारको अनुगमन सुरु गरिएको छ । अनुगमानमा मास्कको प्रयोग भए नभएको, सेनिटाईजर राखे नराखेको तथा सामाजिक दुरीको कायम गरे नगरेको बारेमा अनुगमन गरी नराखेको पाईएमा कारवाही […]

सम्बन्धित