अंगरक्षकसहित मन्त्री अथक कोहलपुरमा मतमाग्दै घरदैलोमा

सदरलाइन संवाददाता २२ बैशाख २०७९, बिहीबार १७:१९
 


कोहलपुर (बाँके) : बाँकेमा स्थानीय तह सदस्य निर्वाचनका लागि अब मतदान गर्न बाँकी ८ दिन मात्र बाँकी रहँदा निर्वाचन आचारसंहिता नियमनको बारेमा संबन्धित निकाय मौन देखिएको छ ।

मतदान गर्ने समय नजिकै गर्दा गठबन्धनमा रहेका सत्तारूढ मन्त्रीहरु चुनावी मैदानमा आफ्नोपार्टीका उम्मेदवार विजय गराउन आचारसंहिताको खिल्ली उडाउदै उत्रिएका छन । निर्वाचन आचारसंहिताले त्यसलाई रोकेता पनि निर्वाचन आचारसंहिता विपरित उनीहरु चुनावी मैदानमा उत्रिएका हुन ।

बाँकेको कोहलपुर नगरपालिकाको निर्वाचनमा युवा तथा खेलकुद मन्त्रालयका मन्त्री महेश्वर जंग गहतराज (अथक)ले आफ्नो पार्टीको उम्मेदवार नरेन्द्र न्योपानेलाई विजयी गराउन कोहलपुर वडान ५ को चुनावी प्रचार प्रसारमा अंग रक्षकसहित सहभागिता भएका छन ।

कोहलपुर नगरपालिका वडा न ५ को चुनाव प्रचार प्रसारमा मन्त्री अर्थक उत्रीएका हुन । कोहलपुर नगर निर्वाचन अधिकृत तिर्थराज भट्टले बाहलवाला मन्त्री आफ्नो अंगरक्षकसहित पार्टीको प्रचारमा घरदैलोमा जान आचारसंहिताले रोक्ने बताए ।


‘निर्वाचन आचारसंहितमा मन्त्रीहरु सभामा जान नपाउने भन्ने चाही होइन । तर, ¥यालीमा र घरदैलोमा चै सहभागि हुन पाउदैनन’– उनले भने ।

मन्त्रीका अंगरक्षक र हतियारका विषयमा ईलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख ऐनबहादुर मल्लसँग बुझ्दा मन्त्रीको अंगरक्षक प्रहरी सहायक निरीक्षक (असइ)वा हवदार खटिने प्रचन रहेको बताए । उनले यसरी मन्त्रीको सुरक्षाका लागि खटिने अंग रक्षकसँग हतियार समेत हुने गरेको बताए ।

मन्त्रीहरुको सुरक्षाका लागि राज्यले अंगरक्षकलाई हतियार उपलब्ध गराएको हुन्छ । आफ्नो प्रभाव देखाउन र स्थानीय तहमा निर्वाचनमा आफ्नो उम्मेदवारहरुलाई विजयी गराउन यति बेला सप्ताधारी दलका मन्त्रीहरु विभिन्न जिल्लामा आचारसंहिता उल्लघन गरेर चुनावी मैदानमा उत्रिएको छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकलको ठक्करबाट मेयरका उम्मेदवार श्रेष्ठ घाइते

२२ बैशाख २०७९, बिहीबार १७:१९
बर्दिया : मोटरसाइकलको ठक्करबाट बर्दिया ठाकुरबाबा नगरपालिकामा मेयरका उम्मेदवार घननारायण श्रेष्ठ घाइते भएक छन् । श्रेष्ठ आफैँले मोटरसाइकल चलाएर ठाकुरबाबा नगरपालिका ७ को सुन्दरबस्ती जाँदै गर्दा दुर्घटनामा परेका हुन् । श्रेष्ठ चढेको मोटरसाइकललाई चौबाटोमा अर्को मोटसाइकलले ठक्कर दिएको हो । ठाकुरबाबाको सुन्दरबस्ती गाउँको चोक नजिक भे १२ प ४५६९ नम्बरको […]