सदरलाइनडटकम,
बर्दिया : बर्दियाको राजापुर बजार नजिकै रहेको कर्णाली नदीको तटबन्ध भत्किएको छ । बजारदेखि करीब एक किलोमिटर पश्चिम रहेको नदीको तटबन्ध भत्किँदा तीन हजार घरपरिवार जोखिममा परेका छन् ।
पानी जुनसुकै बेला बस्तीमा पस्नसक्ने भएकाले राजापुर नगरपालिका वडा नं. ३, ४ र ७ का बासिन्दालाई उच्च सावधानी अपनाउन बर्दिया प्रशासनले आग्रह गरेको छ ।
जल सतह बढ्दै गए बस्तीमा पानी पस्नसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले तत्कालका लागि अस्थायी तटबन्ध निर्माण गरिएको बताए । उनले स्थायी तटबन्धका लागि कर्णाली नदी व्यवस्थापन आयोजनासँग समन्वय भइरहेको जानकारी दिए ।
