नेपालगञ्ज : बाँकेमा लेनदेन मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका वडा नं.६ का ३५ वर्षीय अजय कुमार यादव रहेका छन् ।
यादव लेनदेन मुद्दामा २०७८ माघ ४ गतेको फैसलाले १ बर्ष ६ महिना कैद सजाय पाएका हालसम्म फरार रहेका थिए ।
उनलाई सोमबार पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।