खजुरा, नरैनापुर र बैजनाथमा मतदाता नामावली संकलन गरिँदै

सदरलाइन संवाददाता १७ मंसिर २०७८, शुक्रबार १३:३४
 

नेपालगञ्ज : शुक्रवारदेखि बाँकेसहित ७७ वटै जिल्लाका पालिकाहरुमा मतदाता नामावली संकलन शुरु गरिएको छ ।

निर्वाचन आयोगको देशव्यापी अभियानअन्तर्गत पहिलो चरणमा बाँकेमा शुक्रवारदेखि खजुरा, नरैनापुर र बैजनाथ गाउँपालिकामा नामावली संकलन शुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले जानकारी दिए ।


यी पालिकाका केन्द्रमा शुक्रवारदेखि पुस २ गतेसम्म १५ दिन लगाएर नामावली संकलन गरिने छ । पुस ४ गतेदेखि १८ गतेसम्म डुडुवा, राप्तीसोनारी र जानकी गाउँपालिकामा मतदाता नामावली संकलन हुनेछ ।

नेपालगञ्ज उपमहानगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय तथा कोहलपुर नगरपालिकाको हकमा इलाका प्रशासन कार्यालय कोहलपुरबाट मतदाता नामावली संकलन हुने प्रमुख सुवेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुहिएको परालमा आगो लगाउँदै बाँकेका किसान

१७ मंसिर २०७८, शुक्रबार १३:३४
नेपालगञ्ज : बाँकेका किसानहरुले पशु आहाराको प्रमुख स्रोत परालमा आगो लगाउन थालेका छन् । कुहिएको पराल गाईभैंसीले पनि नखाने भएपछि आगो लगाउनु परेको बाँके मन्नीपुरका जगदीशप्रसाद कुम्हारले बताए । गाईभैंसीले नखाएपनि खेतमा मल होला भनेर परालमा आगो लगाएको उनको भनाई छ । पराल कुहिएर गुन्द्रुकजस्तो भएको थियो । कतिपयले कुहिएको […]