सदरलाइनडटकम,
नेपालगञ्ज : कोभिड–१९ को संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको बिचमा भेरी अस्पतालको सामाजिक सेवा ईकाईबाट करिव साढे १३ सयले सेवा लिएका छन् ।
अस्पतालका सामाजिक सेवा ईकाई प्रमुख प्रेम सुवेदीले लकडाउनको अवधीभर भेरी अस्पतालको समाजिक सुरक्षा ईकाईबाट १ हजार ३ सय ४३ जनाले विभिन्न प्रकारको सेवा लिएको जानकारी दिए ।
उनले ईकाईका सहजकर्ताहरुले कोभिड–१९ को संक्रमणबाट जोगिदै विषेश सुरक्षा सर्तकता अपनाउदै निरन्तर सेवा प्रवाह गरेको बताए ।
उनले अस्पतालले ओपिडी बन्द गरेर फेवर क्लीनिक सञ्चालन गर्दा पनि ईकाईबाट निरन्तर सेवा प्रवाह भएको बताए ।
अस्पालबाट सामाजिक सेवा ईकाईबाट विपन्न, जेष्ठ नागरिक, असाहेलगायतलाई आवश्यकताको आधारमा निशुल्क औषधि उपचार सेवा उपलब्ध गराउदै आएको छ ।
अस्पतालका मेडिकल सुपेरीटेण्ट डा. प्रकाश बहादुर थापाले अस्पतालमा बड्दो भिडभाडका बीचमा पनि सुरक्षा सर्तकता अपनाएर सेवा दिदै आएको बताए ।
अस्पतालले समाजिक सेवा ईकाई अन्तरगत विपन्न, असाहे, द्वन्द्वपीडित, घरेलुहिंसा पीडित गरी ७ सय ७३ जना, जेष्ठ नागरिक ३ सय ४०, क्याथल्याव मुटु सम्बन्धित २ जना, स्पाईनल ईन्जुरी ५ जना र सिकलसेल एनिमियाका २ सय २३ जनाले गत चैत्रदेखि साउन ११ गतेसम्म गरी सो ईकाईबाट १ हजार ३ सय ४३ जनाले विभिन्न प्रकारको सेवा प्रवाह गरेको जनाएको छ ।