बाँकेमा नदीजन्य पदार्थको निर्बाध दोहन, संबन्धित निकाय मिलेमतोमा मौन

५ कार्तिक २०७६, मंगलवार १५:४२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा नदीजन्य पदार्थको खुलेआम दोहन भई रहेको छ । असोज १ गतेबाट नदीजन्य पदार्थ ढुंङ्गा, गिटी, बालुवाको ठेक्का खोलिनुु पर्नेमा ठेक्का नभई खुलेआम दोहन भई रहेको हो ।
जिल्ला समन्वय समिति बाँके निकट स्रोतका अनुसार गत आर्थिक वर्षमा खोलिएको टेण्डरको मयाद ०७६ असार १ गते सकिएपछि गाउपालिकाले स्टक प्रमाणित गर्नु पर्नेमा स्टक प्रमाणित नै नगरी सिधै नदी खोलाबाट ढुंङ्गा, गिटी, बालुवा निकाल्ने काम भईरहेको हो ।
‘ठेक्का लागेको छैन नत कसैको स्टक नै प्रमाणित भएको छ, तर निर्वाध सिधै खोलाबाट धमाधम नदीजन्य पदार्थ झिकेर सबैको नाकै मुनीबाट टिप्पर कुदेका छन् कसैले रोकतोक गर्न सक्दैन’–जिल्ला समन्वय समिति बाँके निकट स्रोतले भन्यो ।
चालु आर्थिक वर्षको लागि राप्तीसोनारी र डुडुवा गाउपालिकाले नदीजन्य पदार्थको लागि टेण्डर निकालिएको भएपनि टेण्डर सकारेको फर्मले सम्झौता गर्न नगएपछि रद्द भई पुनः टेण्डर गर्ने प्रक्रियामा रहेको जानकारीमा आएको छ ।
‘गत असारमा नै स्टक प्रमाणित हुनुपर्नेमा कसैले पनि स्टक प्रमाणित गरेको छैन तर, मिलेमतोमा गैरकानुनी रुपमा सिधै नदीबाट नदीजन्य पदार्थ झिक्नु चोरीगर्नु जस्तै हो तर, सबै मिलेका छन् कसले रोक्ने’– जिसस बाँके निकट स्रोतले भन्यो ।
यसैबीच जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीबास्तबले जिल्ला अनुगमन समितिको बैठक बसेर ठेक्का नलागेको अवस्था र स्टक प्रमाणित नभएको अवस्थामा नदीजन्य पदार्थ नझिक्न निर्देशन गर्दा पनि नटेरेको अवस्था रहेको बताए ।
उनले भने–‘अहिले ठेक्का पनि छैन स्टक पनि प्रमाणित भएको छैन तर, दिनका दिन नदीजन्य पदार्थ बोकेर टिप्पर टेक्टर बाटै भरी  हिडेको भेटिन्छन् ।’ उनले प्रहरी र प्रशासनले पनि यो गैर कानूूनी काम हो भन्ने थाहा हुँदा हुँदै पनि रोक्नतर्फ चासो नदिएको बताए । फोटो : गुगलबाट 

Next Post

स्थानीयमाथि चालकले चलाए डोजर, आठ घाइते

५ कार्तिक २०७६, मंगलवार १५:४२
सदरलाइनडटकम, बैतडी : सडक निर्माणमा विवाद भए पछि डोजर रोक्न उत्रिएका स्थानीयलाई बैतडीमा डोजर चालकले स्थानीय माथि डोजर चलाउदा आठ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ । दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणबारे विवाद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए […]