भारत प्रवेश गर्दा नेपालीलाई अनिवार्य परिचयपत्र

सदरलाइन संवाददाता ५ श्रावण २०८०, शुक्रबार १४:०८
 

नेपालगञ्ज : पाकिस्तानी नागरिक सीमा हैदर नेपालको बाटो हुँदै भारत पुगेको खबर फैलिएपछि भारतीय सुरक्षाकर्मीले परिचयत्र नभएका नेपालीलाई भारत प्रवेशमा रोक लगाएका छन् ।

भारतीय केन्द्र सरकारले नेपाली नागरिकता वा अन्य पहिचानपत्रबिना प्रवेश गर्न नदिन सुरक्षा निकायलाई निर्देशन दिएको हो । बहराईच जिल्लासँग जोडिएको बर्दिया र बाँकेको सीमा नाकामा पाकिस्तानी आइएसआईसँग संलग्न मानिस प्रवेश गर्न सक्ने भन्दै परिचयपत्र अनिवार्य गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


चार छोरा, छोरीसहित पाकिस्तानी नागरिक सीमा हैदर दुबई हुँदै काठमाडौं आएकी थिइन् । उनका प्रेमी भारतीय नागरिक सचिनसहित पोखरा हुँदै दिल्ली पुगेपछि सुरक्षा चुनौती बढेको भन्दै नेपाल–भारत सीमामा निगरानी बढाइएको हो ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले नयाँ छुट्टै नियम यहाँ लागू नगरेको तर सीमामा केही कडाई गरेको बताए । उनले यसअघि पनि नेपालीसँग भारतीय सुरक्षाकर्मीले परिचयपत्र माग्दै आएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज–५ मा हाइमास्ट जडानपछि स्थानीय खुशी

५ श्रावण २०८०, शुक्रबार १४:०८
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ मा हाइमास्ट जडान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र उपमेयर कमरुद्दिन राईले संयुक्तरुपमा बत्ती बालेर हाइमास्टको उदघाटन गरेका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाले प्रदेश सरकारसँगको सहयोगमा हाइमास्ट जडान गरिरहेको छ । निवर्तमान प्रदेश सांसद सुरेन्द्रबहादुर हमालको पालामा हाइमास्ट जडानको बजेट […]