सदरलाइनडटकम,
कैलाली : राज्य पुनर्संरचनासहित ११ प्रदेशको मागसहित आन्दोलन गर्दै आएको थरुहट/थारुवान राष्ट्रिय मोर्चाले संघर्षका कार्यक्रम घोषणा गरेको छ । शनिवार धनगढीमा पत्रकार सम्मेलन गरी देशव्यापी विरोधसभादेखि सशक्तरुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
आन्दोलनका कार्यक्रममा साउन २५ मा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने, भदौ २ मा मानव अधिकार तथा नागरिक अगुवाहरुसँग धनगढीमा बृहद् अन्तरक्रिया गर्ने, भदौ ७ मा टीकापुर थारुहट विद्रोहलाई स्मरण गर्दै देशव्यापी विरोधसभा गर्ने लगायतका कार्यक्रम रहेको मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बताए ।
