नेपालगञ्ज–१८ मा धमाधम सडक शिलान्यास हुँदै

सदरलाइन संवाददाता २४ फाल्गुन २०७८, मंगलवार १३:५७
 

नेपालगञ्ज : पालिकामा जनप्रतिनिधि बहाली भएर आएदेखि स्थानीय सरकारले गर्ने विकासको मोडलको रुपमा आफुलाई नेपालगञ्ज उपमहानगर वडा नं. १८ ले उदाहरणको रुपमा प्रस्तुत गरेको छ ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ मा धमाधम विकासे कामले तीब्रता पाएको छ । पछिल्लो समय कारकादौंमा थप एउटा सडक निर्माणका लागि शिलान्यास भएको छ । ट्राभल भिलेजरोड गणेश मिश्राको घरबाट पुर्ब लगदहवा बाईपासरोड जोड्ने नालीसहितको ८ मिटरको कालोपत्रे सडक बिधिबतरुपमा शिलन्यास गरिएको छ ।

वडा अध्यक्ष दीपक बर्माले भाट्भटेनीदेखि पश्चिममा रहेको श्रीनगर टोलमा वडाको बजेट ३१ लाख ५ हजारको लागतमा २ सय १३ मीटर कालोपत्रे सडक निर्माणका लागि टोलबासीको बृहत उपस्थितिमा शिलान्यास गरेका हुन ।


सो अवसरमा सो टोलमा थप सडकका लागि पनि पहल भइ रहेको वडा अध्यक्ष बर्माले बताए । वडा नं १८ कारकादौमा लगातार सडक निर्माणले प्राथमिकता पाएको छ ।

यही आर्थिक बर्षमा वडा अध्यक्ष बर्माको पहलमा ३ वटा सडक कालोपत्रे, ९ वटा पीसीसी सडक निर्माण सम्पन्न भइ सकेका छन भने २ वटा पीच र ३ वटा पीसीसी सडक निर्माण जारी छन । बाँकी सडक निर्माणको शुरूवात केही दिन मै शुरु हुने वडा अध्यक्ष बर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

२४ फाल्गुन २०७८, मंगलवार १३:५७
नेपालगञ्ज : ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । बाँकेका सवै पालिकाहरुले र्याली, प्रभातफेरी, अन्तरक्रियालगायतका कार्यक्रमको आयोजना गरी दिवस मनाएका छन् । नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्लारा जेट्कनले सन् १९११ मार्च ८ मा महिला […]

सम्बन्धित