सदरलाइनडटकम,
नेपालगञ्ज : लागुऔषध कोरेक्ससहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जबाट गएको टोलीले डुडुवा गाउँपालिका वडा नं. ६ चौधरीपुर्वाबाट शुक्रवार राती नौ बजे अर्जुन चौहान, कल्लु चौहान र अजय बर्मालाई ३६ बोतल प्रतिबन्धित औषधी कोरेक्ससहित पक्राउ गरेको हो ।
कोरोना महामारीका कारण नेपाल–भारत सीमानाका शील भएपछि लागुऔषध कारोबारीहरुले चोर नाका प्रयोग गरी नेपाल भित्र्याउन थालेका छन् ।


