बैजनाथमा ४ सय २२ जनामा मोतियाबिन्दु

सदरलाइन संवाददाता १३ पुष २०७९, बुधबार १२:५८
 

बैजनाथ (बाँके) : बैजनाथ गापालिकाले पालिकास्तरमा गरेको आँखा शिविरबाट ४ सय २२ जनामा मोतियाबिन्दु भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

पौष ३ गतेदेखि १२ गते सम्म बैजनाथ गाउपालिकमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा सञ्चालित आँखा शिविरहरुमा १ हजार ८ सय १६ जनाले आँखाको निःशुल्क परीक्षण गराएका थिए ।

यसरी परीक्षण गराउने क्रममा ४ सय २२ जनामा मोतियाबिन्दु पत्ता लागेको बैजनाथ गाउपालिका वडा नं. ७ का वडाअध्यक्ष दिनेश थारुले बताए ।


मोतियाबिन्दु पत्ता लागेका आँखाका विरामीहरुलाई नेपालगञ्जस्थित फत्तेबाल अस्पतालमा रिफर गरिएको छ । अस्पतालले मोतियाबिन्दुको निःशुल्क उपचार गर्ने जनाएको छ ।

बैजनाथ गाउपालिका र फत्तेवाल आँखा अस्पताल नेपालगञ्जको समन्वयमा बैजनाथ गाउपालिकाका जेष्ठ नागरीकहरुलाई निःशुल्क आँखा जाँच गरिएको हो । समयमा आँखा जाँच नर्गदा जटिल खालका मोतियाबिन्दु हुन गई अन्तिममा आँखाको जटिल शल्यक्रिया नै गर्नुपर्ने भएकाले बेलैमा सचेत भएर आँखाको परीक्षण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नौ किलो चरेससहित कैलालीमा एक जना पक्राउ

१३ पुष २०७९, बुधबार १२:५८
कैलाली : कैलालीको अत्तरियाबाट चरेस सहित एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका २ बसपार्कमा कलक जप्रेलले सञ्चालन गरेको नवीन होटेलबाट चरेससहित बझाङ दुर्गाथली गाउँपालिका ७ काँडा बस्ने ३६ वर्षीय यम राज दौल्याल पक्राउ परेका हुन् । उनलाई होटेलको १०१ नम्बर कोठाबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरिएको जिल्ला […]