कास्कीको घान्द्रुकमा जीप दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु

सदरलाइन संवाददाता २५ आश्विन २०७८, सोमबार १६:१५
 

कास्की : कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो ।

जीपमा चालक खुशीमान क्षेत्रीसहित १० जना यात्रु सवार थिए । तीमध्ये एक जनाको जीवितै उद्धार गरिएको स्थानीयले बताएका छन् । उनी भीरमा अड्किएको अवस्थामा भेटिएका थिए । उनको अवस्था सामान्य रहेको छ । अहिले घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्धार गरिरहेको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।


घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जीप तल मोदी खोलामा पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । कलाभीरमा निकै अप्ठेरो बाटो छ । मृतकको सनाखत हुन सकेको छैन । दशैंको छुट्टिमा पदयात्रामा हिंडेकाहरु दुर्घटनामा परेको हुनेसक्ने थापाको भनाई छ । मृतकको शव क्षतविक्षत भई चिन्नै नसकिने अवस्थामा रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बसको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

२५ आश्विन २०७८, सोमबार १६:१५
नेपालगञ्ज : पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिकै बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ७४४८ नम्वरको बसले सोमवार दिउँसो पौने दुईबजे तिर ठक्कर राप्तीसोनारी गाउँपालिका–८ बालापुर बस्ने चन्द्रा बुढाथोकी खड्काको मृत्यु भएको इप्रका कोहलपुरले जनाएको छ […]