शहरी विपन्नलाई कतार च्यारेटीको आर्थिक सहयोग

१ पुष २०७५, आईतवार १८:४८
 

सदरलाइनडटकम,
काठमाण्डौं   : कतार सरकारको सहयोगी नियोग कतार च्यारिटीले शहरी बिपन्न परिवारलाई लक्षित गरी उनीहरुको जीवनस्तर उकास्नको लागि आयआर्जनमा सहयोग गरेको छ । यसक्रममा एक कार्यक्रमका बीचमा १३ जना शहरी विपन्न परिवारलाई उनीहरुको आयआर्जनमा टेवा पुराउने उद्देश्यले जनही १ लाख ८० हजार आर्थिक सहयोग गरेको हो ।
यसरी सहयोग पाउनेहरुमा काठमाडौं नैकापका गोपाल रोक्का, सतुंगलका भिमबहादुर महर्जन, विशाल मिया, ममता निरौला, गीता खडका, कोटेश्वरका दिलकुमार गुरुङ, मोहम्मद फिरोज, बुढानिलकण्ठका अनिता थापामगर, ललितपुर चापागाँउकी रेणु गिरी, पञ्चकुमारी राई र खोकनाका भोटे मियाँ रहेका छन । उनीहरुलाई खुद्रा किराना पसल खोल्न जनही एकलाख ८० हजार बराबरको सहयोग हस्तान्तरण गरेको हो ।
उनीहरुलाई सो रकम बराबरको किराना सामग्री वितरण गरिएको कतार च्यारिटीका परियोजना प्रबन्धक इर्शाद अलि शेखले जानकारी दिए । अरब देशको सबै भन्दा ठूलो दातृ निकाय कतार च्यारिटीले ग्रामीण विकास केन्द्र मार्फत सो सहयोग गरेको हो ।
सो अवसरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसद् अतहर कमाल मुसलमानले कतार च्यारिटीको सहयोगको खुलेरै प्रशंसा गरेका थिए । कार्यक्रममा कतार च्यारिटीका नेपाल प्रतिनिधि अब्दुल अजिज समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बराल, इस्लामिक रिलिफका नेपाल निर्देशक तलाह जमाल, परियोजना प्रबन्धक इर्शाद अलि शेख, मुस्लिम अधिकारकर्मी मो.मकसुद राँकी, विश्व शिक्षाका समिम अख्तरलगायतको उपस्थिति थियो । 


 

Next Post

खाद्य मेलाको समापन, जिभिएनले जित्यो नृत्यको उपाधी

१ पुष २०७५, आईतवार १८:४८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा जारी खाद्य मेला आईतबार सम्पनन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जले आयोजना गरेको ३ दिने खाद्य मेलामा २० हजार बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । ५९ वटा विभिन्न प्रकारका स्टल राखिएको सो मेलामा आयोजना गरिएको नृत्य प्रतियोगितामा जिभिएन स्कुलले प्रथम स्थान […]