कोरोनाबाट ५ संक्रमितको मृत्यु, बाँकेका शुन्य

सदरलाइन संवाददाता १० जेष्ठ २०७८, सोमबार १७:२१
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दिया तीन र दाङका दुई जना गरी पाँच जना संक्रमितको मृत्यु भएको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का ४१ वर्षीय पुरुष, बाँसगढी नगरपालिका–६ का ५५ वर्षीय पुरुष, गुलरिया नगरपालिका–१२३ का ५५ वर्षीय पुरुष र दाङको तुल्सिपुर उपमहानगरपालिका–६ का ७१ वर्षीय पुरुष, लमही नगरपालिका–४ का ४३ वर्षीय पुरुषको निधन भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

योसंगै बांके जिल्लाको मृत्यु संख्या २ सय ७३ पुगेको भने अन्य जिल्लाको मृत्यु हुनेको संख्या २ सय ४५ पुगेको कोरोना फोकल पर्सन ओलीले बताएका छन् । यसका साथै पछिल्लो २४ घण्टा भित्र बाँके जिल्ला भित्रको मृत्युदर शून्य रहेको ओलीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बी–ग्रुपद्वारा अक्सिजन कन्सट्रेटरलगायतको स्वास्थ्य सामाग्री हस्तान्त्रण

१० जेष्ठ २०७८, सोमबार १७:२१
नेपालगञ्ज : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई करिव २५ लाख बराबरको अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामग्री उपलब्ध भएकोे छ । युके एडको आर्थिक सहयोग, सेभद चिल्ड्रेनको कन्र्सोटीयम लिडमा केयर नेपाल र भेरी बाताबरणिय विशिष्ठता समुह बि–ग्रुपको साझेदारीमा विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध भएको हो । बि–ग्रुपका निर्देशक डम्बर सुनारले केयर […]