कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन तयारी अन्तिम चरणमा

४ चैत्र २०७४, आईतवार १४:३९
 

सदरलाइनडटकम 
४ चैत, नेपालगन्ज : आगामी चैत ९ गतेदेखि ११ गतेसम्म नेपालगन्जमा आयोजना हुने १४ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गर्ने सो सम्मेलनमा देशभरका कानुन व्यवसायीहरुको सहभागिता रहनेछ ।
पश्चिमक्षेत्र मै पहिलो पटक हुन लागेको सम्मेलनलाई भब्य बनाउने र सम्मेलनमा न्यायक्षेत्रका बिभिन्न बिषयमा गम्भीर छलफल हुने नेपाल बारका केन्द्रीय उपाध्यक्ष सालिकराम सापकोटाले जानकारी दिएका छन् ।
केन्द्रीय उपाध्यक्ष सापकोटाका अनुसार, सो सम्मेलनमा संविधानका आधारभुत सिद्धान्त, मौलिक हको कार्यान्वयन, संिघयताको कार्यान्वयन र कानुन निर्माणका पक्ष लगायतका गम्भीर सवालमा गहन छलफल र बहस हुनेछ ।
‘संघियता कार्यान्वयनको चरणमा रहेका बेला हुन लागेको यस सम्मेलनले बिशेष महत्व राख्दछ ।’ सापकोटाले भने,–‘न्याय क्षेत्रमा सम्मेलनले केही परिवर्तन गरोस् भन्ने अपेक्षा गरेका छौं ।’ न्यायपालिकाका साथ साथै बार आफ्नै बिषयमा पनि बृहद छलफल हुने तयारी भइरहेको छ । स्वतन्त्र न्यायपालिका, कानुन व्यवसायीलाई व्यवसायिक बनाउने बिषयमा गहन छलफल हुनेछ ।
सम्मेलनलाई सफल बनाउनका लागि सापकोटाको संयोजकत्वमा ३ सय २ जना सदस्य रहेको म्रल व्यवस्थापन समिति र सम्मेलनलाई भब्य र सभ्य बनाउनका लागि बिभिन्न उपसमिति गठन गरिएको छ । राष्ट्रपतिले उद्घाटन गर्ने सम्मेलनमा कामु प्रधानन्यायाधिश, कानुन मन्त्री, महान्यायाधीबक्ता, बिदेशी बार एशोसियसनका प्रतिनिधि, बिदेशी राजदुतावास लगायतको सहभागिता रहनेछ ।

Next Post

कोहलपुरमा भारतीय पेन्सनरका लागि स्वास्थ्य शिविर तथा पेन्सन वितरण

४ चैत्र २०७४, आईतवार १४:३९
सदरलाइन / रबिन्द्र सिंह ठकुरी ४ चैत, कोहलपुर (बाँके) : भारतीय पेन्सनरका लागि बाँकेको कोहलपुरमा पेन्सन वितरण तथा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपाल भुतपूर्व सैनिक विकास समितिले आयोजना गरेको सो कार्यक्रममा  भुतपूर्व सैनिकका परिवारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले […]