कर्णाली प्रदेश–स्तरीय वार्षिक प्रगती समिक्षा तथा योजना प्रस्तुती बैठक सम्पन्न

सदरलाइन संवाददाता २७ श्रावण २०७९, शुक्रबार १७:१२
 

वीरेन्द्रनगर, (सुर्खेत) : प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय सुर्खेतले प्रदेश–स्तरीय वार्षिक प्रगती समिक्षा तथा योजना प्रस्तुती बैठक कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीको प्रमुख आतित्थ्यमा सम्पन्न गरेको छ ।

कार्यक्रममा प्लान इन्टरनेशनल नेपालले कर्णाली प्रदेशमा विभिन्न साझेदार संस्थाहरु मार्फत आर्थिक वर्ष २०७८÷७९ मा सम्पन्न गरेका मूख्य क्रियाकलाप तथा उपलब्धिहरु र आर्थिक वर्ष २०७९÷८० को योजनाका बारेमा कर्णाली प्रदेश सरकारलाई जानकारी गराईएको थियो ।

प्रदेश सामाजिक मन्त्री बुढा क्षेत्रीले प्लान इन्टरनेशनल नेपालको कार्यक्रमको प्रशंसा गर्दै यसले कर्णालीका दुरदराजमा रहेका मानिसको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद ज्ञापन गरे ।

उनले प्रारम्भिक बालविकासको कार्यक्रमले भविष्यमा कर्णालीका बालबालिकालाई आत्मनिर्भर भई समृद्धि तर्फ उन्मूख बनाउने विश्वास व्यक्त गर्दै बालबालिका तथा किशोरीविरुद्घ हुने विभिन्न प्रकारका हिंसाबाट बच्न समेत सहयोग गर्ने बताए । प्लान इन्टरनेशनल नेपालले आफ्ना साझेदार संस्थासँगको सहकार्यमा खेलेको भूमिका उदाहरणीय रहेको तथा यसका विविध कार्यक्रममा प्रदेश सरकारको सहयोग र सहकार्यका लागि तत्पर रहेको प्रतिबद्धता जनाए ।

त्यसैगरी कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रिले सरकार र गैर सरकारी संस्थाको एउटै साझा उद्देश्य रहेको र सो उद्देश्य प्राप्तिका लागि प्लान इन्टरनेशनल नेपालले शिक्षा, संरक्षण, प्रारम्भिक बालविकास, युवा सशक्तिकरण, खानेपानी तथा सरसफाइ, कोभिड रेस्पोन्स कार्यक्रमलगायतमा साझेदार संस्थासगँ मिलेर दिगो विकासको लक्ष्य प्राप्तिका लागि सहयोग गरेकोमा कृतज्ञता व्यक्त गरे । सबै बालबालिका समक्ष समावेशी तथा लैङ्गिकमैत्री शिक्षाको पहुँच अझ पनि नपुगी रहेको अवस्थामा शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि अझ विशेष कार्यक्रम सञ्चालन गर्न पनि उनको अनुरोध छ ।

कार्यक्रमका सहभागीहरुले प्लानले कर्णालीका विभिन्न १५ वटा स्थानीयतहमा कार्य गरिरहेकोमा यसको कार्य क्षेत्र बढाउन आग्रह गरेका छन् । कार्यक्रमा अतिथिहरुबाट आएका जिज्ञासाको सम्बोधन प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय कार्यालय पश्चिमका प्रमूख मीना पराजुलीले गरेकी थिईन ।


उनले प्लान इन्टरनेशनल नेपालको देशको रणनीति, नेपाल सरकारको नीति तथा कार्यक्रममा आधारित रहेर निमार्ण तथा कार्यान्वयन गर्ने जानकारी दिइन । कोभिडको महामारिका बेला प्लान इन्टरनेशनल नेपालले स्वास्थ्य संस्थाको सहयोगमा कोभिड भ्याक्सिन प्रयोगका लागि गरेको जनचेतनामूलक कार्यक्रमलगायत अन्य कार्यक्रमहरुलाई सरकारका विभिन्न निकायले गर्ने प्रशंसाले परिणाममूखि कार्य गर्न प्रोत्साहन गरेको बताईन ।

त्यसैगरी, नेपाल सरकारको मोडेल अनुसार शिक्षक तालिम सञ्चालन तथा कर्णाली प्रदेशमा शिक्षामा सूचना, सञ्चार र प्रविधिको प्रयोगगर्दै आईसिटी वर्षको रुपमा सञ्चालन गर्ने जानकारी दिईन । यी सबै परिणाममूखि उपलब्धि हासिल गर्न साझेदार संस्थाको भूमिका तथा नेपाल सरकारको प्रोत्साहन महत्वपूर्ण रहने उनको भनाई छ ।
उनले साझेदार संस्थालगायत संघिय, प्रादेशिक तथा स्थानीय सरकारलाई धन्यवाद दिदै आगामि दिनमा पनि विगतका वर्ष जस्तै सबै निकायसँग सहकार्य र सहयोगको अपेक्षा राख्दै सधै नेपाल सरकारको सहयोगी निकायका रुपमा कार्य गर्ने प्रतिबद्धता जनाईन ।

कार्यक्रममा प्लान इन्टरनेशनलको क्षेत्रीय कार्यालय सुर्खेका कार्यक्रम विशेषज्ञहरुले प्रारम्भिक बालविकास, बाल संरक्षण, बालविवाह, छिटो विवाहतथा जबरजस्ती गरिने विवाह, नेतृत्व तथा निर्णय जसमा किशोरी तथा युवामहिलाहरुको नेतृत्व तथा निर्णयको अधिकार, समावेशी तथा लैङ्गिक रुपातरण मुखी शिक्षाका बारेमा जानकारी दिईएको थियो । २०२३ सम्म ५ लाख किशोरीसम्म पुग्ने योजनालगायतका बारेमा चर्चा गरिएको थियो ।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सामाजिक विकास मन्त्रालयका महाशाखा÷शाखा, शिक्षा विकास निर्देशनालय, योजना आयोग, मानव संशाधन विकास केन्द्रआदीको उपस्थिति रहेको थियो ।

प्लान इन्टरनेशनल नेपाल बालबालिकाको अधिकार र किशोरीहरुको समानताका लागि क्रियाशील विकास र मानवीय सहायता सम्बन्धी संस्था हो । प्लान इन्टरनेशनल नेपालले सन् १९७८ देखि नेपालमा पिछडिएका बालबालिका, उनीहरुका परिवार र समुदायका लागि शिक्षा, जीवन यापन, संरक्षण र सहभागितामा उनीहरुको अधिकारको पहुँच दिलाउन काम गर्दै आएको छ । स्थानीय साझेदार र सरोकारवालासँगको समन्वयमा संस्थाले अहिले नेपालका १२ वटा जिल्लामा काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको गणेशपुरमा न्यूट्रा स्युटिकल्स सञ्चालनमा

२७ श्रावण २०७९, शुक्रबार १७:१२
नेपालगञ्ज :  नेपालगञ्ज–४ गणेशपुरमा तीनजना युवाको लगानीमा न्यूट्रा स्युटिकल्स नामक मल्टी भिटामिनको डिस्टिब्युटर सञ्चानमा आएको छ । नेपालगञ्जका सिराजुद्दिन सल्मानी, फाहद हल्वाई र सादाव अन्सारीकोे संयुक्त लगानीमा सञ्चालनमा ल्याईएको सो डिस्टिब्युटरको एक समारोहका बीच युवा समाजसेवी अब्दुल अजिज मलिकले उद्घाटन गरे । २० लाखको लगानीमा सञ्चालनमा आएको सो डिस्टिब्युटरले मल्टी […]