आज साउने सोमवार, भगवान शिवको पूजा गरिँदै

५ श्रावण २०७७, सोमबार १३:५६
 

लक्ष्मी तिमिल्सेना/सदरलाइनडटकम,
नेपालगञ्ज : महिनामा साउन र बारमा सोमवार भगवान् शिवको बार हो । आज यो वर्षकै पहिलो साउने सोमवार हो । यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने शास्त्रीय मान्यता रहिआएको छ ।
बाँकेको प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिरलगायत भगवान शिवको मन्दिरहरुमा आजका दिन भक्तजनहरुको भिडलाग्ने गर्दथ्यो । तर कोरोना भाईरस अर्थात कोभिड–१९का कारण यसपटक मन्दिरमा ताला लगाईएको छ ।
साउनको सोमवार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यो विश्वासमा साउनको सोमवार सधैं बागेश्वरी मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्दथ्यो ।
साउन महिना वर्षकै चोखो महिनाको रुपमा लिइने गरिएको छ । बिगतमा नेपालका विभिन्न जिल्लासहित विशेषगरी भारतबाट समेत श्रद्धालु भक्तजन नेपालगञ्ज आउने गर्दथे ।
लकडाउन खुकुलो भएसँगै बिस्तारै अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किएपनि मन्दिर तथा मस्जिदमा भीडभाड भई कोरोना संक्रमण फैलिनसक्ने भएकोले अझै खुल्ला गरिएको छैन ।

Next Post

नेपालगञ्जका एकसहित दश जनामा कोरोना पुष्टि

५ श्रावण २०७७, सोमबार १३:५६
सदरलाइनडटकम, नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा सोमवार गरिएको स्वाब परीक्षणमा बाँकेका १ सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय जनाको स्वाव परीक्षण गरिएकोमा नेपालगञ्ज उपमहानगरपालिका १९ का २० वर्षीय पुरुष, दाङ ववई ६ का १८ वर्षीाय महिला र ३५ वर्षीय पुरुष, रुकुम पूर्वको […]

सम्बन्धित