पर्चा पम्पलेटमाथि राजनीति भइरहेको छ : हिन्दुवादी नेता खनाल

सदरलाइन संवाददाता २२ कार्तिक २०७९, मंगलवार १५:३३
 

नेपालगञ्ज : बाँकेको क्षेत्र नं. २ बाट संघीय सांसदका उम्मेदवार दिवाकर शर्मा खनालले प्रतिद्वन्द्वी निर्वाचनमा प्रत्यक्ष भिड्न पसिना आएपछि पर्चापम्पलेट माथि राजनीति थालेको बताएका छन् ।

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि देशैभर माहोल तातिएको छ । राजनितिक दलले खडा गरेका उम्मेदवार र स्वतन्त्र उम्मेदवार यतिबेला जनताको दैलोमा कसरत गरिरहेका देखिन्छन् ।

यति बेला बाँकेको क्षेत्र नं. २ लाई अन्य निर्वाचन क्षेत्र भन्दा बढी चासोले हेर्ने गरिएको छ । उम्मेदवारले आफ्नो पक्षमा चुनावी माहोल बनाउन आफ्ना प्रतिबद्धता पत्र सहित शहर र गाँउमा निकै कसरत गरिरहेका छन् ।

निर्वाचन आयोगको कडा निगरानीका बाबजुद चुनावी माहोल तातिए संगै यस क्षेत्रमा एक उम्मेदवारले अर्को उम्मेदवारको प्रचापब्पिलेट माथि आफ्ना कार्यकर्ताहरु मार्फत स्टिकर टास्न लगाउने गतिबिधि बढेको छ ।

प्रतिद्वन्दी जसपाका उम्मेदवार मो. ईश्तियाक राईले स्वतन्त्र उम्मेदवार खनालको प्रचापब्पिलेट माथि राजनिति थालेको उनको प्रचारप्रसार शचिवालयले जनाएको छ ।

उम्मेदवार खनालको चुनावी अभियान र प्रचारप्रसारमा प्रतिकुल असर पर्ने गरी जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं. २ का उम्मेदवार राईको तस्विर राखिएको पाईएको हो ।


उनले हामीलाई प्रतिक्रिया दिदैँ भने, ‘हाम्रो प्रचारप्रसार र हिन्दुहरु एकीकृत भएको देखेर उनी यस्तो तुच्छ गतिविधिमा उत्र्एिका छन । यसबाट स्पष्ट हुन्छ की उनको बिकास अभियान यहि समाप्त हुने अवस्थामा पुगेको छ । उनलाई चुनावमा प्रत्यक्ष भिड्न पसिना आएपछि पर्चापब्पिलेट माथि राजनिति थालेका बुझिएको छ ।’

उनले थप भने, ‘केही दिन अगाडि हिन्दुत्वको एजेण्डा बोकेको नाटक गरेका एक नेता र उनका कार्यकर्ताहरुले पनि मेरो बारेमा गलत तथा भ्रमक प्रचारप्रसार थालेका थिए र तर त्यसलाई मैले आफ्नो अभिव्यक्ति मार्फत जवाफ र जनता सचेत भए पछि त्यस्ता तत्वहरु निष्क्रिय भएका थिए ।’

यस अघि पनि यसै क्षेत्रका एक स्वतन्त्र उम्मेदवारको पर्चा पब्पिलेट माथि पनि राई स्टिकर टासिएको पाईएको थियो । पटक पटक यस्तो घटना घट्नु र निर्वाचन आयोगले केही वास्ता नगर्नु कत्तै आयोगले उनलाई यस्तो क्रियाकलापमा सघाएको हो की भन्ने आमजनमानषमा सन्देश गइरहेको उम्मेदवार खनालले प्रश्न गरे । उम्मेदवार राईको तर्फबाट यस्तो गतिविधि सार्वजनिक भएपश्चात यतिबेला सामाजिक सञ्जाल रङ्गीएको छ ।

उम्मेदवार खनालले यस्तो गतिविधिको कडा बिरोध गर्दै मिडिया मार्फत आयोगको ध्यानाकर्षण गराएका छन् ।

उम्मेदवार राईको यसै गतिविधिका कारण अहिले उनी निर्वाचन आयोगको कार्वाहीमा परेका छन । निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी (पप्पु) का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका परेपछि त्यसको आधारमा आयोगले सोमबार २४ घण्टा भित्र स्पष्टीकरण सोधेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरका पशुपालक किसानलाई निशुल्क घाँसको बिउ बितरण

२२ कार्तिक २०७९, मंगलवार १५:३३
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउपालिकाले पशुपालक कृषकलाई व्यवसायिक रुपले पशुपालनका क्षेत्रमा आकर्षित बनाउने उदेश्यले निशुल्क घाँसको बिउ बितरण गरेको छ । नरैनापुर गाउपालिका पशु शाखाले नरैनापुर गाउपालिकाका ६ वटै वडामा व्यवसायिक रुपमा पशु पालन गर्ने फार्म, तथा अगुवा किसानलाई निशुल्क घाँसको बिउ बितरण गरिएको शाखा प्रमुख जगतराम यादवले जानकारी […]

सम्बन्धित