सदरलाइनडटकम,
कञ्चनपुर : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू सत्तामा रहँदा कालापानीको विषय जोडदार रूपमा उठाएको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा शनिवार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका उनले वर्तमान सरकारले लिपुलेक, कालापानीलगायत सीमा अतिक्रमणका विषय सशक्त रुपमा उठान नगरेको आरोप लगाए ।
महाकाली सन्धिमा महाकाली नदी सीमा नदी उल्लेख गरिएको दाबी गर्दै उनले महाकालीको पानी पनि आधा–आधा हुने सन्धिमै स्पष्ट रहेको बताए । सभापति देउवाले कुटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने सुझाव दिए । उनले सरकाले राष्ट्रवादको नारा दिए पनि त्यसअनुसार काम गर्न नसकेको आरोप लगाए ।
