सदरलाइनडटकम,
दाङ : डोजरले ठक्कर दिँदा दाङमा एक बृद्धको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिकाको पेदीखोलाबाट शान्तीनगरतर्फ आउँदै गरेको रा १ क ३१५ नम्वरको डोजरले बुधवार राती साढे नौ बजे सोही गाउँपालिका १ का ६६ बर्षीय लालबहादुर थापालाई ठक्कर दिएको थियो ।
डोजरले ठक्कर दिँदा टाउको र दाहिने हातमा गम्भीर चोट लागेका थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठक्कर दिने चालक र डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
