ऐश्वर्या र आराध्या अस्पताल भर्ना

३ श्रावण २०७७, शनिबार १३:३२
 

सदरलाइनडटकम,
काठमाण्डौ : कोरोना पोजेटिभ देखिएकी भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ ।
गत आइतवार कोरोना संक्रमण पुष्टि भएपछि घरमै क्वरेन्टीनमा बसेका आमाछोरीलाई राति अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई डाक्टरको आवश्यकता परेपछि अस्पताल लगिएको अस्पताल स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ ।
तर अहिले आमाछोरीकै अवस्था सामान्य रहेको खबरमा उल्लेख छ । ऐश्वर्याका श्रीमान् अभिषेक बच्चन र ससुरा अमिताभ बच्चनलाई कोरोना पुष्टि भएपछि गत हप्तानै अस्पताल भर्ना गरिएको थियो ।

Next Post

कान्जीहाउस पुर्याउन थालियो छाडा पशुचौपाया

३ श्रावण २०७७, शनिबार १३:३२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जका छाडा पशुचौपायाहरुलाई पुनः कान्जीहाउस पुर्याउने शुरुवात गरिएको छ । आ–आफ्नो पशुचौपाया घरमा राख्न पशुधनीहरुलाई सार्वजनिक अपील गर्दासमेत बेवास्ता गरेपछि कान्जीहाउस पुर्याउन थालिएको हो । छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिम उच्च रहेकोले कान्जीहाउस पुर्याउन थालिएको नेपालगञ्ज उपमहानगरले जनाएको छ । शनिवार ६९ वटा छाडा पशुचौपायाहरुलाई कान्जीहाउस पुर्याइएको […]