बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि पानीको व्यवस्था

सदरलाइन संवाददाता १४ जेष्ठ २०८०, आईतवार १५:२८
 

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुका लागि ८० वटा पोखरीमा पानीको ब्यवस्था गरिएको छ । अत्यधिक गर्मीसँगै पोखरीको पानी सुक्न थालेपछि तराई भू–परिधि कार्यक्रम नेपाल (ताल) को आर्थिक सहयोगमा बाँके राष्ट्रिय निकुञ्जले पोखरीमा पानीको ब्यवस्था गरेको हो ।

पोखरीको पानी सुक्न नदिन डिप बोरिङ र हेण्डपम्पको ब्यवस्था गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए । उनले प्राकृतिक र मानव निर्मित पोखरीको संरक्षण गरि वन्यजन्तुका लागि पिउने पानीको ब्यवसथा गरिएको बताए । ‘सुखायाम र अत्यधिक खडेरीमा यहाँका प्राकृतिक ताल सुक्न थालेपछि डिप बोरिङ र हेण्डपम्प मार्फत पानीको ब्यवस्था गरेका छौँ,’ उनले भने ।

निकुञ्ज भित्र विद्युतको ब्यवस्था नभएकोले सोलार सिष्टमको सहयोगमा हेण्डपम्पको पानी पोखरीमा ल्याउने ब्यवस्था मिलाइएको उनले बताए । प्राकृतिक पोखरीमा पानी सुक्न नदिन विभिन्न ठाउँमा हेण्डपम्म जडान गरिको उनको भनाई छ ।

‘प्राकृतिक ताल र पोखरीलाई ब्यवस्थित गरि ड्याम बनाएर बग्ने पानीलाई संग्रह गरिएको छ,’ प्रमुख संरक्षण अधिकृत साहले भने, ‘पानीको अभाव हुन नदिने विभिन्न उपाय अवलम्बन गरिएको छ । पानी सुक्ने पोखरीमा बाहिरबाट चिम्ट्याइलो माटो ल्याएर पानी सुक्नबाट जोगाउने प्रयास भएको छ । कतैकतै सिमेन्टको पोखरीसमेत बनाएर वन्यजन्तुका लागि पिउने पानीको ब्यवस्था गरिएको छ ।’


तालका सह–निर्देशक कमलराज राईले बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुका लागि पिउने पानीका लागि आवश्यकता अनुसार सहयोग गर्दै आएको बताए । उनले गत वर्ष तीन र यस वर्ष दुई वटा पोखरीमा पानीको काम भइरहेको बताए । ‘हेर्दाखेरी थोरै पैँसाका साना–साना काम भएको जस्तो देखिन्छ, तर यी संरचना वन्यजन्तुका महत्वपूर्ण सावित भएका छन् । पानी नपाएर काकाकुल भएका वन्तुले पिउने पानी पाउँदा संरक्षणमा टेवा पुगेको छ,’ उनले भने ।

बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ छन् । विक्रम सम्बत् २०६७ सालमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले बाँके राष्ट्रिय निकुञ्ज घोषणा गरेको थियो । यो निकुञ्जमा चौका, चित्तल, निलगाईको संख्या पनि बढेको छ ।

बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएदेखि बाघको आक्रमणबाट ६ जनाको मृत्यू र एक जना घाइते भएका छन् । बाघको आक्रमणबाट मृत्यू भएका मध्ये एक पुरुषको मात्र बाँके राष्टिञ्जमा मृत्यू भएको साहले बताए ।

‘बाघको आक्रमणबाट मृत्यू भएका मध्ये दुई जनाको मध्यवर्ती क्षेत्र, एक जना निकुञ्ज र तीन जनाको डिभिजन वन कार्यालयको वन क्षेत्रमा भएको हो । निकुञ्ज स्थापना भएपछि बाघको संख्या बढे पनि बाघको आक्रमण मध्यवर्ती र डिभिजन वन क्षेत्रमा आक्रमण भएको तथ्यांक छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धम्बोझी माबिमा भर्ना पाउनै मुस्किल

१४ जेष्ठ २०८०, आईतवार १५:२८
नेपालगञ्ज : बाँकेको नेपालगञ्जस्थित धम्बोझी माध्यमिक विद्यालयमा अध्ययनका लागि विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाउनु पर्छ । विद्यार्थीको चाप थेग्न नसकेपछि यसवर्षको विद्यार्थी भर्ना कार्यक्रम बन्द गरिएको प्रधानाध्यापक वामदेव सुवेदीले जानकारी दिए । निजी विद्यालय छाडेर धम्बोझीमा अध्ययनका लागि आउने विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दो क्रम छ । वाल विकासदेखि कक्षा १२ […]