एनटीभी बाँकेका रुद्र सुवेदी सर्वोत्कृष्ट संवाददाता

सदरलाइन संवाददाता १७ माघ २०७९, मंगलवार १७:५१
 

नेपालगञ्ज : देशकै पहिलो टेलिभिजन नेपाल टेलिभिजनको ३८औं वार्षिकोत्सवका अवसरमा बाँकेका एकसहित ८ जना संवाददाताहरु सम्मानित भएका छन् । मंगलवार काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा देशभरबाट विभिन्न जिल्लाका ८ जना संवाददाताहरु सम्मानित भएका हुन् ।

नेपाल टेलिभिजनमा कार्यरत बिभिन्न जिल्लाका ७ जना संवाददाता उत्कृष्ट संवाददाताको रुपमा सम्मानित भएका हुन् भने बाँकेका संवाददाता रुद्र सुवेदी सर्वोत्कृष्ट संवाददाताको रुपमा सम्मानित भएका छन् । सदरलाइन पब्लिकेशनका प्रधान सम्पादसमेत रहेका सुवेदी सर्वोत्कृष्ट संवाददाताको रुपमा सम्मानित भएका हुन् ।


देशभरका सम्मानित सबै संवाददातालाई सम्मान पत्र र नगदसहित सम्मानित गरिएको हो । उनीहरुलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मा, एन टीभीका कार्यकारी अध्यक्ष समीर जंग शाह, टेलिभिजनका महाप्रबन्धक फुलमान बल तामाङलगायतले सम्मानपत्र, नगद र खादा ओढाएर सम्मानित गरेका हुन् ।

One thought on “एनटीभी बाँकेका रुद्र सुवेदी सर्वोत्कृष्ट संवाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया अस्पतालमा नसर्ने रोगको निःशुल्क उपचार शुरु

१७ माघ २०७९, मंगलवार १७:५१
बर्दिया : सेवा प्रवाह र सुशासनमा लुम्विनी प्रदेशकै उत्कृष्ट अस्पतालका रुपमा रहेको बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सेवा शुरु गरिएको छ । पेन–प्लस परियोजना मार्फत नसर्ने रोगको निःशुल्क उपचार सेवा सुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले जानकारी दिए । पछिल्लो समय नेपालमा नसर्ने रोगका कारण […]