दुईहजार चल्लासहित ५३ कुखुरा नष्ट गरियो

९ भाद्र २०७६, सोमबार ०८:३१
 

सदरलाइनडटकम,
नेपालगञ्ज   :  भारतबाट तस्करी गरी ल्याईएका बोईलर चल्ला र कुखुरा नियन्त्रणमा लिएर नस्ट गरिएको छ । भारतमा बर्ड फ्लुको संक्रमण रहेको कारण भारतबाट पन्छि तथा पन्छि जन्य पदार्थ नेपाल ल्याउन प्रतिबन्ध छ ।
सशस्त्र प्रहरीको बल नेपाल, गण हेड क्वाटर नंम्बर ३० गण बागेश्वरी बाँकेबाट निस्केको गस्तिटोलीले महेन्द्रनगर र बालेगाउको बीचबाट टाउकोमा बोकेर ल्याउदै गरेको २० कार्टुनमा २ हजार गोटा चल्ला नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएका ती चल्ला भारतको गोरखपुर ह्याचरीमा उत्पादित ती चल्ला पशु क्वारेन्टाइन नेपालगञ्जमा बुझाई आइतबार नष्ट गरीएको पशु चिकित्सक राम लोचन शाहले जानकारी दिए ।
यसैगरी जमुनाह प्रहरी आईतबार नै भारतबाट नेपाल ल्याउदै गरेको ५३ वटा तयारी बोईलर कुखुरा नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईनमा बुझाएको छ ।
पशु क्वारेन्टाईनले आवश्यक मुचुल्का गरी बरामद भएका सबै कुखुराका चल्ला र तयारी कुखुरालाई नष्ट गरेको जनाएको छ ।
क्वारेन्टाईनले दिएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दुई महिनामा मात्र भारतबाट अनाधिकृत रुपमा जमुनाह नाका हुँदै भित्र्याईएका ५ हजार ५ सय माछाका भुरा, ४ हजार ९ सय बोईलर चल्ला, १ हजार २ सय ५० क्वाईलर चल्ला र तयारी अवस्थाका कुखुरा ७ सय ९६ वटा नष्ट गरिएको छ ।
यसैबीच ह्याचरी संघ नेपालले भारतीय कुखुरा नेपाल भित्रिन नदिनको लागि नियन्त्रण गर्ने निकायलाई सानो चल्ला प्रतिगोटा ५ रुपैया र ठूलो तयारी कुखुरा प्रति गोटा ५० रुपैया प्रोत्साहन दिने निर्णय गरेको संघका प्रतिनिधि निजामु द्दिन ईद्रिसीले जानकारी दिए ।

Next Post

थरुहट–थारुवान राष्ट्रिय मोर्चा गठन

९ भाद्र २०७६, सोमबार ०८:३१
सदरलाइनडटकम, कैलाली : थरुहट–थारुवान राष्ट्रिय मोर्चाले थरुहट एकता र सामजिक सद्भावका लागि भन्दै टीकापुरमा सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा गरिएको छ । थरुहट नेता लक्ष्मण थारुको संयोजकत्वमा गठन भएको ५१ सदस्यीय थरुहट–थारुवान राष्ट्रिय मोर्चाले १५ बुँदे टीकापुर घोषणापत्र जारी गरेको मोर्चाका प्रवक्ता मीनराज चौधरीले जानकारी दिनुभयो । मोर्चाको राष्ट्रिय सम्मेलन पनि […]