सदरलाइनडटकम,
काठमाण्डौ : कोरोना पोजेटिभ देखिएकी भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ ।
गत आइतवार कोरोना संक्रमण पुष्टि भएपछि घरमै क्वरेन्टीनमा बसेका आमाछोरीलाई राति अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई डाक्टरको आवश्यकता परेपछि अस्पताल लगिएको अस्पताल स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ ।
तर अहिले आमाछोरीकै अवस्था सामान्य रहेको खबरमा उल्लेख छ । ऐश्वर्याका श्रीमान् अभिषेक बच्चन र ससुरा अमिताभ बच्चनलाई कोरोना पुष्टि भएपछि गत हप्तानै अस्पताल भर्ना गरिएको थियो ।
