नेपालगञ्जमा बरोजगार युवा लक्षित निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

सदरलाइन संवाददाता ११ बैशाख २०८१, मंगलवार १९:०१
 

नेपालगञ्ज, : नेपालगञ्ज उपमहानगरपालिकाले बेरोजगार युवु युवतीका लागि लक्षित गरी निःशुल्क लोक सेवा पूर्व तयारी कक्षा सञ्चालनमा ल्याएको छ । आज मंगलबारदेखि सुरु भएको कक्षा ७५ दिनसम्म सञ्चालन हुने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले नेपालगञ्ज उपमहानगरले युवायुवतीलाई रोजगारसंग जोड्ने उदेश्यले विगत ६ बर्षदेखि निरन्तर सञ्चालन गरिँदै आइएको निःशुल्क लोक सेवा पूर्व तयारी कक्षामा यसपटक २ सय जना सहभागी भएको जानकारी दिए ।

उपमहानगरले द सक्सेस इन्स्टिच्युटसंगको सहकार्यमा सञ्चालित कक्षामा लोक सेवा आयोगसम्बन्धी अप्रविधिकतर्फ नायब सुब्बा, खरिदार तथा प्राविधिकतर्फ हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब र अनमी पदको लिखित परीक्षाको तयारी गराइने छ ।

पूर्व तयारी कक्षाको नगर उपप्रमुख कमरुद्दिन राईले उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख राईले हिम्मत नहारेर दृढ संकल्पका साथ अघि बढ्न यो कक्षाले उत्प्रेरणा प्रदान गर्ने विश्वास ब्यक्त गर्दै आत्मविश्वासका साथ सहभागिलाई लोक सेवाको तयारी जुट्न आग्रह गरे ।


सामाजिक विकास शाखा प्रमुख जोशीले ज्ञानमा आधारित प्रविधिलाई आत्मसाथ गर्दै धैर्यता र लगनशीलताका साथ तयारी गर्न आग्रह गरे ।

प्रशिक्षक एवम् जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले मेहनत, उत्प्रेरणा र अठोटले लोक सेवाको तयारीलाई मूर्तरुप दिने भन्दै उच्च मनोबलका साथ तयारी गर्न अनुरोध गरे । द सक्सेस इन्स्टिच्युटका सञ्चालक सुमित केसीले लोक सेवाको तयारीमा रहेका विद्यार्थीहरुलाई सहयोग गर्न कक्षा सञ्चालन गरिएको बताउँदै जिज्ञासु भएर अघि बढ्न आग्रह गरे ।

उद्घाटन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी र द सक्सेस इन्स्टिच्युटका सञ्चालक राजन शाहीलगायतको पनि उपस्थिति थियो । कार्यक्रमको सञ्चालन पत्रकार कमल खत्रीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘ऊर्जामा महिला लगानीकर्ता बढाउन प्रोत्साहन गर्न आवश्यक’

११ बैशाख २०८१, मंगलवार १९:०१
काठमाडौँ  : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला लगानीकर्तालाई प्रोत्साहन गर्ने बताबरण निर्मण गर्न आवश्यक रहेको बताएकी छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पो अन्तर्गत ऊर्जा क्षेत्रमा बातावरण, सामाजिक र सुशासन तथा लैँगिक समताको एकीकरण विषयक सत्रको अध्यक्षता गर्दै मन्त्री चौधरीले […]

ताजा अपडेट