प्रहरीको कार्यक्रममा १०१ जनाद्वारा रक्तदान

३ श्रावण २०७७, शनिबार १३:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले शनिवार रक्तदान कार्यक्रम गरेको छ । सामुदायिक प्रहरी सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त आयोजनामा नेपालगञ्जमा रक्तदान कार्यक्रम गरिएको हो ।
प्रहरीको लागुऔषधविरुद्ध निःशुल्क परामर्श केन्द्रमा गरिएको रक्तदान कार्यक्रममा प्रहरीका ९८ जना र ३ जना सर्वसाधारण गरी जम्मा १ सय १ जनाले रक्तदान गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले प्रहरी हरदम जनताको सुरक्षा र सेवामै तल्लिन रहेको बताए ।
उनले प्रहरी जनताको सेवक भएका कारण दुर्घटना, सुत्केरी तथा अन्य कारणबाट हुने बिरामीहरुको जीवन बचाउने उद्देश्यले कोरोना कहरबीचमा रगतको अभाव हुन नदिन प्रहरीले रक्तदान कार्यक्रम गरेको स्पष्ट पारे ।

Next Post

ऐश्वर्या र आराध्या अस्पताल भर्ना

३ श्रावण २०७७, शनिबार १३:११
सदरलाइनडटकम, काठमाण्डौ : कोरोना पोजेटिभ देखिएकी भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ । गत आइतवार कोरोना संक्रमण पुष्टि भएपछि घरमै क्वरेन्टीनमा बसेका आमाछोरीलाई राति अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई डाक्टरको आवश्यकता परेपछि अस्पताल लगिएको अस्पताल स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी […]