बाँकेका स्वास्थ्यकर्मीले चार महिनासम्म पारिश्रमिक पाएनन्

२० जेष्ठ २०७५, आईतवार १८:४६
 


सदरलाइनडटकम
२० जेठ, नेपालगन्ज :  स्थानीय तहमा कार्यरत बाँकेका स्थास्थ्यकर्मीहरुले बिगत चार महिनादेखि तलब पाएका छैनन् । महिला स्वास्थ्यसेविकालाई भिटामिन खुवाएको भत्ता सम्म दिइएको छैन ।
महिनौसम्म सेवा सुविधा नपाएपछि ‘घरखर्च चलाउनै मुस्किल’ भएको भन्दै बाँकेका स्वास्थ्यकर्मीहरुका संघसंगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समस्या समाधानका लागि आग्रह गरेका छन् । आईतबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको हो ।
नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष टेकबहादुर केसी, राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष प्रकाश गौतम, अखिल नेपाल राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संघका अध्यक्ष कबिराम बुढाथोकी, नेपाल स्वास्थ्य प्राविधिक संघका अध्यक्ष खडग रोक्का र नेपाल नर्सिङ्ग संघकी अध्यक्ष लक्ष्मी केसीले संंयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन । स्थानीय तहमा सबैभन्दा पहिले जान गर्न खटिएका स्वास्थ्यकर्मीहरुलाई महिनौंसम्म तलब नदिएपछि उनीहरु रुष्ट भएका छन् ।
लामो समयसम्मको पारिश्रमिक नपाएपछि घर खर्च चलाउन समस्या भएको र बालबालिकाको मासिक शुल्क तिर्न समेत समस्या भई शारिरीक तथा मानसिक तनावको अवस्था र्सिजना भएको स्वास्थ्यकर्मीहरुको निष्कर्ष छ । जतिसक्यो छिटो समस्याको समाधान गर्न आग्रह गर्दै उनीहरुले अन्यथा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

Next Post

सीमा क्षेत्रबाट भारततर्फ ईन्धन तस्करी बढ्यो

२० जेष्ठ २०७५, आईतवार १८:४६
सदरलाइनडटकम  २० जेठ, नेपालगन्ज : भारतमा ईन्धनको मूल्य आकाशियपछि नेपालबाट विभिन्न माध्याम प्रयोग गर्दै नेपालबाट भारततर्फ इन्धन तस्करी बढेको छ । भारतमा भन्दा नेपालमा पेट्रोलिमय पदार्थ सस्तो भएकोकारण नेपालगन्ज र आसपासको क्षेत्रबाट पेट्रोलियम पदार्थ भारततर्फ तस्करी हुने गरेको हो । भारतमा भन्दा नेपालमा पेट्रोल लिटरमा ३० रुपैयासम्म सस्तो पर्ने गरेकोले […]