नेपालगञ्जमा खेलाडी र प्रशिक्षकको सम्मान

३१ असार २०७७, बुधबार १६:४७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ ले अन्तर्राष्ट्रिय खेलमा पदक विजेता खेलाडी र प्रशिक्षकको सम्मान गरेको छ । नेपालमा हालै सम्पन्न साफ खेलकुदमा भारत्तोलनमा काश्य पदक विजेता प्रकाश केसी र प्रशिक्षक शकील अहमदलाई वडा कार्यालयले जनही ६० हजार नगदसहित सम्मान गरेको हो ।
वडाध्यक्ष मो.अयुव सिद्धिकीले खेलाडीको प्रोत्साहनका लागि सम्मान गरिएको बताए । खेलाडीको सम्मान गर्दै मेयर डा. धवलशम्शेर राणाले खेलकुदको विकासका लागि उपमहानगरपालिका दत्तचित्तले लागिरहेको बताए ।
नगरमा भारत्तोलन विगतदेखिनै पदक दिलाउने खेलको रुपमा रहेको भन्दै उनले स्थानीय सरकारले सक्दो सहयोग गर्न तयार रहेको जानकारी दिए । प्रदेशसभा सदस्य सुरेन्द्र हमालले खेलकुदको विकासका लागि सबैपक्षबीच हातेमालो हुन जरुरी भएको बताए ।
सो अवसरमा क्षेत्रीय खेलकुद विकास समितिका पुर्बअध्यक्ष अकलवहादुर बमले खेलकुदको विकासमा स्थानीय सरकार र वडा कार्यालयले आफ्नो तर्फबाट महत्वपूर्ण योगदान दिनसक्ने जिकिर गरे ।

Next Post

बाँकेमा थपिए ६ जना कोरोना संक्रमित

३१ असार २०७७, बुधबार १६:४७
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा पुनः कोरोना संक्रमित देखिएका छन । बाँकेका दुई पालिकाका ६ जनामा बुधवार कोरोना संक्रमण देखिएको हो । नयाँ संक्रमितहरुमा नेपालगञ्ज वडा नं. २१ का २५ वर्षीय पुरुष र खजुरा गाँउपालिका ८ का ३९ वर्षीय १ महिलासहित ४० र ५२ वर्षीय पुरुष तथा वडा नं. २ का […]