बाँकेमा थपिए ६ जना कोरोना संक्रमित

३१ असार २०७७, बुधबार १६:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा पुनः कोरोना संक्रमित देखिएका छन । बाँकेका दुई पालिकाका ६ जनामा बुधवार कोरोना संक्रमण देखिएको हो ।
नयाँ संक्रमितहरुमा नेपालगञ्ज वडा नं. २१ का २५ वर्षीय पुरुष र खजुरा गाँउपालिका ८ का ३९ वर्षीय १ महिलासहित ४० र ५२ वर्षीय पुरुष तथा वडा नं. २ का ३२ वर्षीय पुरुष र वडा नं. ३ का ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ६ सहित दाङका १ र सुर्खेतका १ जना पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ । अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा ४५० जनाको स्वाव परीक्षण गरिएकोमा ८ जनामा कोरोना संक्रमण देखिएको हो ।

Next Post

एनटिभि कोहलपुरबाट समाचार प्रशारण सुरु गरिदै

३१ असार २०७७, बुधबार १६:५३
सदरलाइनडटकम, कोहलपुर (बाँके) : नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोका सचिनले नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रलाई प्रादेशिक च्यानलका रुपमा रुपान्तरण गरिएको बताएका छन् । बुधबार कोहलपुर प्रसारण केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महाप्रबन्धक रोकाले नेपाल टेलिभिजन व्यवस्थापनले एनटिभि कोहलपुर च्यानललाई पुर्ण क्षमतामा सन्चालन गर्ने तयारी अनुरुप काम थालेको जानकारी दिए । […]