सदरलाइनडटकम,
नेपालगञ्ज : आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका धेरै कर्मचारीमा कोरोना देखिएपछि कार्यालयलाईनै आइसोलेशन सेन्टर बनाइएको छ । उक्त कार्यालयका ९ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कार्यालयलाईनै आइसोलेशन सेन्टरका रुपमा प्रयोग गरिएको हो ।
एकैपटक धेरै कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कार्यालयलाई आइसोलेशन सेन्टर बनाएर उनीहरुलाई त्यहीँ राखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
त्यहाँ अहिले १२ जनालाई राखिएको छ । शुरुमा भेटिएका संक्रमित एकजना अधिकृतलाई भने खजुरा क्यान्सर अस्पतालमा राखिएको छ ।


