भूकम्पका ३८ जना घाइतेको बाँकेमा उपचार जारी

सदरलाइन संवाददाता १९ कार्तिक २०८०, आईतवार १३:११
 

नेपालगञ्ज : गत शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट घाइते भएका मध्ये ३८ जनाको बाँकेको नेपालगञ्ज र कोहलपुरमा उपचार जारी छ ।

घाइतेहरु मध्ये भेरी अस्पतालमा ३७ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जनाको उपचार भइरहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उपचार गराइरहेका मध्ये २१ जना महिला र १७ जना महिला रहेका छन् । यी मध्ये बालबालिका १२, गर्भवती १ जना र ज्येष्ठ नागरिक ५ जना छन् । जाजरकोटका २८ र रुकुम पश्चिममा १० जनाको उपचार भइरहेको छ ।


श्रेष्ठका अनुसार गएराति १२ बजेसम्म ५ जना गम्भीर घाइतेको सफल अपरेशन गरिएको छ भने राति करिब १ बजे थप ६ जना बिरामी एम्बुलेन्सबाट उपचारका लागि भेरी अस्पतालमा ल्याइएको छ । जसमध्ये २ जना जाजरकोटको भेरी नगरपालिका र ४ जना रुकुम पश्चिमको सानी भेरी गाउँपालिकाका हुन् ।
फोकल पर्सन श्रेष्ठका अनुसार हाल उपचाररत सबै घाइतेको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको छ । त्यस्तै अस्पताल पुर्याउनु पूर्व बाटोमै मृत्यु भएका जाजरकोटको नलगाड–१ का टेकबहादुर पुनको शव आफन्तलाई बुझाइएको छ । घाइते मध्ये एक जना गर्भवती पनि छन् । उनको पेट भित्रको बच्चाको मृत्यु भएकाले शल्यक्रिया गर्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्पका घाइतेका लागि ९३ पिन्ट रगत संकलन

१९ कार्तिक २०८०, आईतवार १३:११
नेपालगञ्ज : जाजरकोटलाई केन्द्रविन्दू बनाएर शक्रबार राती गएको भूकम्पमा परी घाइते भएकाहरुलाई उपचारमा सहजताका लागि नेपालगञ्जमा रगत संकलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र बाँकेको आयोजनामा भएको रक्तदान कार्यक्रममा ९३ पिन्ट रगत संकलन भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले बताए । श्रेष्ठले बिरामीको […]