भारतको बहराइचमा बर्दियाका एकजनामा कोरोना पुष्टि

१२ बैशाख २०७७, शुक्रबार १०:१२
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : भारतको बहराइचमा बर्दियाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियासँग सीमा जोडिएको बहराइचमा एक नेपालीसहित आठजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित व्यक्ति ठाकुरबाबा नगरपालिका–२ सुजनपुरका रहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । रुपईडिहा बहराइचको सेल्टर क्वारेन्टाइनमा रहेका तीनजना नेपालीको नमुना परीक्षण गर्दा एकजनामा कोरोना पुष्टि भएको हो ।
बहराइचमा कोरोना संक्रमित फेला परेपछि सीमा क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ । कोरोना संक्रमित आठजनामध्ये दुई भारतीय बर्दियाको राजापुर, मधुवन नगरपालिका आसपासमा काम गर्ने रहेको खुलासा भएको छ ।
उनीहरु मधुवन र राजापुर नगरपालिका कोठियाघाटबाट हिँडेर भारतको बिछिया हुँदै बहराइच पुगेपछि क्वारेन्टाइनमा राखिएको बहराइचबाट उनका आफन्तले जानकारी गराएको ठाकुरबाबा स्वास्थ्य शाखाका डा. कुलदीप यादवले बताए ।

Next Post

कैलालीमा एक शिक्षक मृत फेला

१२ बैशाख २०७७, शुक्रबार १०:१२
सदरलाइनडटकम, कैलाली : कैलालीमा एक जना शिक्षक मृत फेला भेटिएका छन् । गौरीगंगा नगरपालिका ९ मसुरियास्थित बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्ण भुषाल मृत भेटिएका हुन् । गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० बर्षीय भुषाल पूर्वपश्चिम राजमार्गको पहलवानपुर बजारबाट एक किलोमिटर पश्चिम मृत फेला परेका हुन् । जिल्ला प्रहरी […]

सम्बन्धित