इप्रका मैनापोखरका सइ घुससहित पक्राउ

सदरलाइन संवाददाता १२ मंसिर २०८०, मंगलवार १५:४०
 

नेपालगञ्ज : बर्दिया मैनापोखर इलाका प्रहरी कार्यालयका सइ पवन साउद अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा कार्यालय नेपालगञ्जको टोलीले मंगलवार दिउँसो साढे एक बजे इप्रकाका मुद्दाफाँटका सई साउदलाई पक्राउ गरेको हो ।


लागु औषध प्रयोगकर्तासँग सेटिङ मिलाइदिने भन्दै सइ साउदले ४० हजार घुस मागेका थिए । उक्त घुससहित अख्तियारको टोलीले सइ साउदलाई पक्राउ गरेको हो । पक्राउ परेका सइ सादउमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठेकेदार सम्पर्कबिहीन भएपछि ‘कम्पलेक्स’ निर्माण ठप्प

१२ मंसिर २०८०, मंगलवार १५:४०
नेपालगञ्ज : निर्माण कम्पनी सम्पर्क बिहीन भएपछि नेपालगञ्ज उपमहानगरपालिकाको सुविधा सम्पन्न कम्पलेक्सको काम ठप्प छ । काम हुन नसकेपछि उपमहानगरले ठेक्का तोड्ने तयारी गरिरहेको छ । पूर्णचन्द्र आत्रय निर्माण सेवा (जेभि)ले कम्पलेक्स निर्माणको ठेक्का पाएको थियो । झण्डै ७० प्रतिशत काम सम्पन्न भइसकेपछि बाँकी काम ठप्प छ । नेपालगञ्ज उपमहानगरपालिकाका […]