बाँके प्रहरी प्रमुख रानाका १७ बुँदे प्रतिबद्धता

८ असार २०७७, सोमबार ११:०३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एस्पी) ओमबहादुर रानाले अपराधिक क्रियाकलाप उपर कठोरताका साथ कदम चालिने बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा हालै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका उनले सो कुरा बताएका हुन ।

जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अपराध नियन्त्रणका लागि १७ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवाहमा जोड दिइने प्रतिबद्धता जनाए ।

खुल्ला सीमा नाकाबाट हुने सीमा अपराध, चोरी निकासी तथा पैठारी नियन्त्रण, घरेलु मदिरा, यौन व्यवसाय, जुवातास, लुटपाट र कालोबजारी नियन्त्रणमा आफ्नो पहिलो प्राथामिकतामा पर्र्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।


यसैगरी संठगित अपराध तथा गुण्डागर्दी नियन्त्रण, सीमा अपराध, प्राकृतिक श्रोतको दोहन गर्ने माथि निर्मम प्रहार गरिनेलगायतका एसपी रानाका प्रतिबद्धता रहेका छन् । बाँकेमा लागु औषध दुव्र्यसनी तथा ओसारपसार चुनौतिका रुपमा रहेको भन्दै उनले त्यसको नियन्त्रणका लागि प्रहरी प्रतिबद्ध रहेको र त्यस बिरुद्ध योजना बनाएर अघि बढ्ने बताए ।

बाँके प्रहरी प्रमुख रानाले प्रहरीले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नेकुरामा दृढ रहदै नागरिकसंगको सहकार्यमा अघि बढ्ने आफ्नो अपेक्षा रहेको बताए ।

Next Post

कोरोना कहर : प्रदेश ५ का कुन जिल्लामा कति संक्रमित ?

८ असार २०७७, सोमबार ११:०३
सदरलाइनडटकम, नेपालगञ्ज  : यतिबेला नेपालमा नोबल कोरोना भाईरसको संक्रमितको संख्या ९ हजार २६ पुग्दा प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ३९ पुगेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा धेरै कपिलबस्तु जिल्लाका छन् । प्रदेश ५ का १२ जिल्लामध्ये कपिलवस्तु जिल्लामा सबैभन्दा धेरै ७०३, बाँकेमा ३४२, दाङमा […]

सम्बन्धित