गाडीको ठक्करबाट घाइते कुँवरको उपचारका क्रममा मृत्यु

सदरलाइन संवाददाता १५ मंसिर २०८०, शुक्रबार १३:१४
 

नेपालगञ्ज : पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको ओभरीमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बिहीवार राती करिब १ बजे राप्तीसोनारी ८ ओभरी चेकपोष्ट नजिकै महेन्द्रनगरबाट काठमाण्डौ जाँदै गरेको गाडीले पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

सुप्र ०२–००१ ख १२४७ नम्बरको गाडीको ठक्करबाट राप्तीसोनारी ८ निवासी ४० वर्षीय केशर कुँवरको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका कुँवरलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


गाडी र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

१५ मंसिर २०८०, शुक्रबार १३:१४
नेपालगञ्ज : मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै थिए । उनले सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारु इतिहास र लोकसंस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रँगाउँदै थिए । कैलालीको जानकी गाउँपालिका–३ घर भएका ३५ वर्षीय मित्थुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक […]