सदरलाइनडटकम,
नेपालगञ्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका नवनिर्मित भवनहरूको शुक्रबार औपचारिक उद्घाटन गरिएको छ । नेपालगञ्ज उपमहानगरका प्रमुख डा. धवल सम्शेर राणाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
क्याम्पस परिसरमा भारतीय दूतावासको आर्थिक सहयोगमा निर्माणधिन अवस्थाको अलपत्र रहेको बिबिए भवनको उपमहनगरले निर्माण पुरा गरी सो भवनको उद्घाटन नगरप्रमुख डा.राणाले गरेका हुन ।
यसैगरी अर्को नयाँ शैक्षिक भवनको क्याम्पस प्रमुख सहप्राध्यापक गणेश कुमार रेग्मीले गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका केन्द्रीय उपाध्यक्ष डा.वेदराज केसी, त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सह परीक्षा नियन्त्रक तीर्थ न्यौपाने, त्रिवि प्राध्यापक सङ्घका एकाइ सभापति लालमणि आचार्य, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका एकाइ अध्यक्ष गिरिराज पौडेल, प्रजातान्त्रिक प्राध्यापक सङ्घका एकाइ अध्यक्ष डा.राजेशकेशर खनाल, त्रिवि कर्मचारी सङ्घ एकाइ अध्यक्ष गङ्गा क्षेत्री, विद्यार्थी कल्याण प्रमुख श्रीधर अधिकारी, बिबिए कार्यक्रम प्रमुख सुवास गौतम, अनेरास्ववियुका एकाइ सचिव प्रकाश विक, अखिल क्रान्तिकारीका एकाइ उपाध्यक्ष ध्रुव जोशीलगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।
बिसिए कार्यक्रम प्रमुख प्राज्ञ हरि तिमिल्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख रेग्मी र कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख डम्मर पुनले गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि डा.राणाले महिला छात्रावास र खेलकुद मैदानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । क्याम्पसको विकास र विस्तारकÞो शुभकामना अतिथि लालमणि आचार्य र तीर्थ न्यौपान दिएका थिए भने क्याम्पस प्रमुख रेग्मीले तत्कालीन अर्थमन्त्री कृष्ण बहादुर महरा, प्रदेश सांसद् कृष्णा केसी नमुनालगायत दुवै भवन निर्माण र सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।