आमाको मुहारमा खुशी फर्काउन चाहाने सरस्वती

२० माघ २०७६, सोमबार १९:०८
 

‘मिस मिडवेष्ट’ को सातौ संस्करण बाँकेको नेपालगञ्जमा सन्चालन भईरहेको छ । ब्लु ओरिजन प्रालिको व्यानरमा आयोजित यसै संस्करणका प्रतियोगी हुन बर्दिया बाँसगढीका सरस्वती चौधरी । १८ बर्षिय चौधरी अहिले व्यवस्थापन संकायमा कक्षा १२ मा अध्यनरन उनी प्रतियोगी नं. ६ बाट परिचित छन । चौधरीका बारेमा जानकारी गराउने उद्देश्यले उनीसंग गरिएको अंन्तरङ्ग कुराकानीको सम्पादित अंश ।

मोडलिङ क्षेत्रमा किन आउनुभयो ?

मेरो सानैदेखिको सपना नृत्याङगना बन्नु नै थियो । त्यसैले म यस क्षेत्रमा छु ।

मोडलिङ बाहेक रुचि केके छन् ?

गीत गाउन, नाँच्न र घुम्न मन पर्छ । म घुमेका केहि ठाँउ मध्ये मलाई भारतको श्रावस्ती भन्ने ठाँउ मनपर्छ । जहा गौतम बुद्व केहि समय बस्नुभएको थियो रे ।

प्रेमको कुनै अनुभव छ ?

मैले मेरी आमा बाहेक अरु कसैको प्रेम अनुभव गरेकी छैन ।

जीबन साथी कस्तो चाहानुहुन्छ ?

हेरुम भाग्यमा कस्तो लेखिएको छ । भाग्यमा लेखे अनुसार हुन्छ भन्छन् । तर मेरा कमी कमजारी सहित म जस्तो छु तेस्तै स्वीकार गर्ने होस मेरो जीवन साथि भन्ने म चाहान्छु ।


प्रेम प्रस्ताव राख्ने कति छन् ?

धेरै त होईन २/३ जनाले प्रेम प्रस्ताब राखे तर, मैले सबैलाई सकरात्मक तरिकाले नाई भनेँ ।

सपना के छ ?

मलाई हुर्काउन आमाले धेरै दुख गर्नुभएको छ । बाबाले हाम्रो साथ छोडेपछि उहाँ एक्लैले मलाई पढाउनु भयो हुर्काउनु भयो । त्यसैले आमाको खुसी फर्काउन सक्नु नै मेरो जीवनको ठुलो सपना हो ।

प्रस्तुती  : लक्ष्मी तिमिल्सेना             

 फोटो  : पवन श्रोतिया  / ब्लु ओरिजन

Next Post

गोठको आगो निभाउँदा महिलाको मृत्यु

२० माघ २०७६, सोमबार १९:०८
सदरलाइनडटकम, जुम्ला : गोठमा आगो लागेपछि गोरुलाई उद्धार गर्न जाँदा जुम्लाका कनकासुन्दरी गाउँपालिका २ की भेटेनी ऐडीको मृत्यु भएको छ । मालिका बोताकी ऐडीको एकतले गोठमा सोमवार राती आगो लागेको थियो । गोठमा आगो लागेपछि ऐडी त्यहाँ रहेका पशुपँक्षीलाई उद्धार गर्न गएकी थिइन् । तर आगोमा परी उनको निधन भएको […]