कोरोना संक्रमितको संख्या ३२ सय नाघ्यो

२४ जेष्ठ २०७७, शनिबार १६:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : शनिवार एकैदिन ३ सय २३ जना कोरोनाका संक्रमित थपिएका छन् । जसमध्ये बाँके र बर्दियामा पनि ४० जना थपिएका हुन् ।
योसँगै देशभरमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित १३ जनाको मृत्यु भएको छ भने ३ सय ६५ जना निको भएर घर फर्किएका छन् ।

Next Post

कोरोनाविरुद्ध २० लाख खोप तयार गरेको ट्रम्पको दाबी

२४ जेष्ठ २०७७, शनिबार १६:४८
सदरलाइनडटकम, काठमाण्डौ : अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरुसको संक्रमणबाट बच्नका लागि खोप तयार पारिएको दाबी गरेका छन् । कोभिड–१९ को संक्रमणसँग बच्नका लागि अमेरिकाले २० लाख भ्याक्सिन तयार गरेको ट्रम्पले बताएका हुन् । उनले खोप प्रयोगका लागि तयार भएको दाबी गरे । पत्रकार सम्मेलनमा उक्त खोप प्रयोग गर्नका लागि […]