सडक दुर्घटना हुँदा बाँकेमा दुईको मृत्यु

; १४ भाद्र २०७७, आईतवार १३:५७
 

नेपालगञ्ज : छिमेकी बच्चालाई सर्पले डसेपछि उद्धारमा गएका एक शिक्षकको सडक दुर्घटनामा परि मृत्यु भएको छ । दुर्घटनामा सर्पले डसेको बालकको पनि मृत्यु भएको छ । आइतवार बिहान ३ बजे बाँकेको राप्तीसोनारी ८ शम्शेरगञ्जस्थित सशस्त्र प्रहरी चेक पोस्ट नजिकै ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा राप्तीसोनारी गाउँपालिका १ कुसुमका ३२ वर्षीय शिक्षक केवन देवकोटाको मृत्यु भएको हो ।

नेपालगञ्जस्थित महाराजा माबिमा कार्यरत देवकोटाले चलाईरहेको भे ८ प २२३८ नम्बरको मोटरसाइकल र ना ४ ख २१३९ नम्बर ट्रक ठोक्किँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


सर्पले डसेलगत्तै बालकको उपचारकालागि मोटरसाईकलमा नेपालगञ्जतर्फ लैजाने क्रममा देवकोटा दुर्घटनामा परेका हुन । दुर्घटनामा घाईते भएका ३ वर्षीय बालकको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामै घाईते भएकी एक महिलाको भने भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।

Next Post

बाँकेमा २४ जना कोरोनामुक्त

१४ भाद्र २०७७, आईतवार १३:५७
नेपालगञ्ज : बाँकेमा आइतवार थप २४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गुल्म नेपालगञ्ज कारकादोका १६ जना सशस्त्र प्रहरी, ग्लोबल आइएमई बैंकका ३ कर्मचारी, खजुराका १ र कोहलपुरका ४ गरी २४ जना डिस्चार्ज भएका हुन् । […]